ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ११ : ५५   बजे

काठमाडौँ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्न विदेशबाट नेपालमा आईएमईमार्फत निःशुल्क रकम पठाउन सकिने भएको छ। आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा विदेशमा रहेका नेपाली र नेपालमा आर्थिक सहयोग गर्न चाहने व्यक्तिले सिधै रकम पठाउन सक्ने व्यवस्था गरेको हो। आईएमईका अनुसार रेमिट्यान्स प्रणालीमार्फत सहयोग रकम पठाउन सकिने भएपछि विदेशमा रहेका नेपालीबाट राहत कोषमा आर्थिक सहयोग जुटाउन सहज हुनेछ। नेपालभित्रबाट भने खल्ती बाइ आईएमई मार्फत सरकारी राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम बढिरहेको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै आईएमईले आफ्नो भुक्तानी तथा रेमिट्यान्स सञ्जालमार्फत सहयोग रकम सम्बन्धित सरकारी कोषमा सहज रूपमा पुर्‍याउने व्यवस्था गरेको जनाएको छ। आईएमईले विपद्को संवेदनशील अवस्थामा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न सर्वसाधारण तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ। साथै, बाढी प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ। आईएमईका अनुसार विभिन्न बैंकमा रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका खातामा सिधै रकम जम्मा गर्न सकिनेछ। यस व्यवस्थाले विदेशबाट पठाइने सहयोग रकमलाई औपचारिक रेमिट्यान्स प्रणालीमार्फत सम्बन्धित राहत कोषमा पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

सम्बन्धित

आज जनैपूर्णिमा पर्व मनाइँदै

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu