काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ रुपैयाँ घटेको थियो। बिहीबार ३ लाख २० हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज थप घटेको हो। यसअघि गएको माघ १५ गते सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
चाँदीको मूल्य स्थिर
चाँदीको मूल्य भने आज स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। उक्त दिन चाँदीको भाउ प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
सुनको मूल्यमा निरन्तर उतारचढाव
महासंघका अनुसार पछिल्लो समय सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। माघ १५ गते ऐतिहासिक उच्च विन्दुमा पुगेपछि सुनको मूल्य क्रमशः ओरालो लागिरहेको छ। चाँदीको मूल्यमा पनि पछिल्लो समय उल्लेख्य उतारचढाव देखिएको महासंघले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्