प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित
धनगढी । भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलालीस्थित निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा संस्थाको तर्फबाट संकलित उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकमा रहेको आधिकारिक खातामा जम्मा गरिएको हस्पिटलले जनाएको छ। भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि हस्पिटलले यस वर्षको वार्षिक तीज कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरेको छ। हरेक वर्ष महिला कर्मचारी तथा चिकित्सकका लागि आयोजना हुँदै आएको तीज कार्यक्रमका लागि छुट्याइएको रकम पीडितको राहत तथा पुनर्स्थापनामा लगाउने निर्णय गरिएको हो।
हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले विपत्तिको समयमा आफ्नो खुसीभन्दा पीडित परिवारको आवश्यकता महत्वपूर्ण हुने बताए। ‘चाडपर्व हाम्रो खुसीका अवसर हुन्। तर अहिले धेरै परिवार दुःख र अभावमा छन्। यस्तो अवस्थामा आफ्नो खुसीको एउटा हिस्सा पीडितका लागि समर्पण गर्नु हाम्रो मानवीय दायित्व हो,’ पन्तले भने। उनका अनुसार तीज कार्यक्रम स्थगित गर्नु केवल एउटा कार्यक्रम रोक्नु नभई विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने प्रयास हो। तर पीडामा रहेका परिवारलाई हामी उनीहरूको साथमा छौँ भन्ने भरोसा दिन सक्छौँ,’ पन्तले भने। चाडपर्वको खुसीलाई केही समयका लागि थाती राख्दै विपत्तिमा परेका परिवारको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको हस्पिटलले जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्