ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज जनैपूर्णिमा पर्व मनाइँदै


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १२ : ३५   बजे

काठमाडौँ । देशभर नवयज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गरी आज जनैपूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बी नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन्। मन्त्रद्वारा शुद्ध पारिएको जनै तथा रक्षासूत्र धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। आज तागाधारी समुदायले विधिपूर्वक नयाँ जनै फेर्ने परम्परा पनि छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी नयाँ यज्ञोपवीत धारण गरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यसहित आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ। रक्षाबन्धन तथा नयाँ जनै धारणका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनारलगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा छ। क्वाँटीको रसले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने तथा वर्षायाममा हुने रुघाखोकीजस्ता समस्याबाट बच्न सहयोग गर्ने आयुर्वेदिक मान्यता रहेको छ। तराई क्षेत्रमा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर पर्व मनाउने गर्छन्। यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता अझ बलियो बनाउने सामाजिक विश्वास छ। पछिल्लो समय यो परम्परा पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ। जनैपूर्णिमाको अवसरमा काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका धार्मिक तथा प्राकृतिक तीर्थस्थलमा बिहानैदेखि मेला लाग्ने गर्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu