ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाटै सहयोग गर्न सकिने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ११ : १५   बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाट विभिन्न माध्यममार्फत सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था सार्वजनिक गरेको छ।

बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थामार्फत सहज रूपमा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनाअनुसार नेपालभित्रका व्यक्ति तथा संस्थाले नगद, चेक, मोबाइल तथा इन्टरनेट बैंकिङ, वालेट र क्यूआर स्क्यानमार्फत कोषमा सहयोग रकम जम्मा गर्न सक्नेछन्।

यस्तै, विदेशमा रहेका नेपाली, गैरआवासीय नेपाली तथा विदेशी नागरिक र संघसंस्थाले पनि तोकिएका बैंक खातामार्फत सहयोग रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।

यी बैंक खातामा जम्मा गर्न सकिने

कोषमा सहयोग रकम जम्मा गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकमा ‘PRIME MINISTER DISASTER RELIEF FUND’ नामका खाता उपलब्ध गराइएको छ।

यी बैंकका तोकिएका खातामा नगद, चेक वा विद्युतीय माध्यमबाट सहयोग रकम जम्मा गर्न सकिनेछ।

विदेशबाट सहयोग रकम पठाउन हिमालयन बैंकको हितीटार शाखामा रहेको कोषको खातामा SWIFT मार्फत रकम पठाउन सकिने व्यवस्था गरिएको छ।

रेमिट्यान्स कम्पनी र एपबाट पनि सहयोग

राष्ट्र बैंकका अनुसार जीएमई, रेमिटली, वर्ल्डरेमिट, ट्यापटपसेन्डलगायत नेपालमा रेमिट्यान्स पठाउन मिल्ने विभिन्न कम्पनी तथा तिनका एपमार्फत समेत तोकिएका बैंक खातामा सहयोग रकम पठाउन सकिनेछ।

यस्तै, विदेशमा जारी भएका भुक्तानी कार्ड प्रयोग गरी राष्ट्र बैंकले उपलब्ध गराएको अनलाइन माध्यमबाट पनि कोषमा सहयोग रकम पठाउन सकिने व्यवस्था गरिएको छ।

विपद्को समयमा राहत तथा उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति, संस्था तथा विदेशमा रहेका नेपालीलाई आधिकारिक माध्यममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

रसुवाका सीडीओ भन्छन्- चीनतर्फ ताल फुटेको सूचना आयो, पानीको सतह बढ्न थाल्यो

भोटेकोसी बाढी : नुवाकोटमा आफन्तको खोजीमा पुगेका परिवार, ९७७ अझै बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu