ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाङटाङ लिरुङबाट चोइटिएको हिउँले निम्त्यायो विनाशकारी हिमबाढी


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ६ : २५   बजे

काठमाडौं । लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर खसेपछि उच्च वेगको हिमबाढी सिर्जना भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ।

नेपाल तथा चीनका हिम वैज्ञानिकहरूले भू–उपग्रह र ड्रोनबाट खिचिएका तस्बिरको अध्ययन तथा विश्लेषण गरेपछि हिमालको ठूलो हिस्सा चोइटिएर ल्हेन्दे खोलामा खसेको र त्यहीँबाट भोटेकोशी हुँदै विनाशकारी बाढी नेपाल प्रवेश गरेको निष्कर्ष निकालेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उक्त निष्कर्ष स्वीकार गरेको छ।

बुधबार आएको हिमबाढीका क्रममा उक्त क्षेत्रबाट करिब दुई करोड घनमिटर पानी भोटेकोशी हुँदै चितवनको देवघाटसम्म पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढीविज्ञ विनोद पराजुलीका अनुसार सामान्य अवस्थामा बग्ने पानीको घनत्वलाई आधार मानेर उक्त परिमाणको अनुमान गरिएको हो।

तर, बाढीको उद्गमस्थलमा बनेको तालका कारण जोखिम अझै टरेको छैन। तालमा जम्मा भएको पानी जुनसुकै बेला बाहिरिन वा ताल फुट्न सक्ने खतरा रहेको अधिकारीहरूले बताएका छन्।

तालबाट पानी ओभरफ्लो, भोटेकोशीमा बहाव बढ्यो

बाढीविज्ञ पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको पानी ड्यामबाट बाहिरिएपछि भोटेकोशीमा पानीको बहाव बढेको थियो। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बहाव बढेको सूचना आएलगत्तै त्यसबारे काठमाडौंमा जानकारी गराइएको थियो।

तर, राति बढेको बहाव ताल फुटेका कारण आएको हो वा तालमा जम्मा भएको अतिरिक्त पानी ओभरफ्लो भएर बगेका कारण हो भन्ने तत्काल यकिन हुन सकेको थिएन। त्यसका लागि चिनियाँ पक्षसँग सम्पर्क गरी थप विवरण लिने प्रयास भइरहेको थियो।

बहाव बढेपछि बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रदेखि चितवनको मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पराजुलीका अनुसार शुक्रबार रातिको बहाव बुधबारको विनाशकारी बाढीको तुलनामा निकै कम थियो।

“पानी ओभरफ्लो भएर तल झरेको छ, जसले भोटेकोशीमा सामान्य बाढी बढाएको अवस्था हो, बुधबारको जस्तो कडा बाढी छैन,” उनले भने।

यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र अन्य समूहलाई फोन, सन्देश तथा अन्य माध्यमबाट निरन्तर सतर्क गराइएको छ।

चीनले पनि उच्च सतर्कता अपनाउन आग्रह

नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमाक्षेत्रको नदीको माथिल्लो भागमा नेपालतर्फको एक सहायक नदीमा हिउँ र चट्टानसहितको हिमपहिरो गएपछि दुवै देश प्रभावित भएको जनाएको छ।

शुक्रबार जारी वक्तव्यमा दूतावासले पहिरोले बनाएको तालको तल्लो तटीय क्षेत्रमा रहेका समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा हुने परिवर्तन नजिकबाट निगरानी गर्न आग्रह गरेको छ।

दूतावासले उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिम रोकथाम तथा आपत्कालीन प्रतिकार्यका लागि आवश्यक तयारी गर्न पनि आग्रह गरेको छ।

नेपाल र चीनका सम्बन्धित निकायले परिस्थितिको निरन्तर अनुगमन, जोखिम मूल्याङ्कन तथा व्यवस्थापन गरिरहेको दूतावासले जनाएको छ। साथै, सर्वसाधारणलाई आधिकारिक सूचनामात्र अनुसरण गर्न, अप्रमाणित सूचना फैलाउनबाट जोगिन र अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गरिएको छ।

बाढीले पाँचवटा जलमापन स्टेसन बगायो

भोटेकोशीको विनाशकारी बाढीले जल तथा मौसम विज्ञान विभागका पाँचवटा जलमापन स्टेसन बगाएको छ।

विभागका अनुसार रसुवा, स्याफ्रुबेँसी, लाङटाङ, बेत्रावती र मलेखुमा रहेका जलमापन स्टेसन बाढीले बगाएपछि नदीको जलसतहसम्बन्धी वैज्ञानिक तथ्यांक संकलनमा समस्या उत्पन्न भएको छ।

पराजुलीका अनुसार यसले नदीको वास्तविक जलसतह कति बढेको छ भन्ने जानकारी लिन चुनौती थपिएको छ।

विभागले शनिबार रसुवामा सीसीटीभी राखेर बाढीको अवस्था निगरानी गर्न सकिने वा नसकिनेबारे अध्ययन गर्ने तयारी गरेको छ।

४५० वर्षपछिको ठूलो हिमबाढी भएको दाबी

हिम अध्येता डा. रिजनभक्त कायस्थले यस घटनालाई नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याउने गरी आएको करिब ४५० वर्षपछिको सबैभन्दा ठूलो हिमबाढी भएको बताएका छन्।

उनका अनुसार यसअघि यस्तै प्रकृतिको ठूलो विपत्ति पोखरा उपत्यकामा आएको अध्ययनले देखाएको छ, जसले तत्कालीन पोखरा क्षेत्रलाई ठूलो असर पारेको थियो।

अर्का हिम अध्येता डा. सुदीप ठकुरीले दक्षिण एसियाकै क्षेत्रमा पनि यति ठूलो हिमबाढी आएको यो पहिलो घटना हुनसक्ने अनुमान गरेका छन्।

नेपालका हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिम तथा बरफ पग्लिने, ठूलो मात्रा चोइटिएर खस्ने, नदी तथा खोलामा असामान्य पानीको बहाव सिर्जना हुने र ताल निर्माण तथा विस्फोटको जोखिम बढ्दै गएको अध्येताहरूको भनाइ छ।

भोटेकोशीको पछिल्लो घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमताल तथा हिमबाढीको जोखिम र पूर्वसूचना प्रणालीलाई नयाँ ढंगले अध्ययन गर्नुपर्ने आवश्यकता समेत उजागर गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बरले नेपाल प्रहरीलाई दियो १७ सर्भिलेन्स ड्रोन

प्रहरी चौकी बेत्रावतीका असईको पौडेलको शव चितवनमा फेला

सम्बन्धित

जलविद्युत् आयोजनामा संकट : १३ आयोजना प्रभावित, ९३३ जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि मधेशका १० जना सम्पर्कमा, ११६ अझै बेपत्ता

भोटेकोसी बाढीपछि शव व्यवस्थापनमा चुनौती, ५११ शव कुन-कुन अस्पतालमा छन् ?

बाढीमा आमासँग छुटेकी ५ वर्षीया इशारा अस्पतालमा, ‘ममीलाई बगायो… म जालीमा अड्किएँ’

लगानी र उद्योग दर्ता सहज बनाउने गरी औद्योगिक व्यवसाय ऐन संशोधनको तयारी

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu