काठमाडौं । नेपाली सेनाले त्रिशुली ‘थ्री ए’ को सुरुङको बाहिरी भाग पत्ता लगाउने काम जारी रहेको बताएको छ ।
टनेलमा फसेका टोलीहरूको उद्धारका लागि ड्रिलको काम भइहरेको नेपाली सेनाले जनाएको छ । बिहानैदेखि ड्रिल सुरु भए पनि हालसम्म सुरुङको बाहिरी भाग पत्ता लाग्न सकेको छैन ।
नेपाली सेनाले शनिबार दिउँसो २:३० सम्म २०३ जनाको उद्धार गरेको छ । जसमा ४३ जना विदेशी नागरिक छन् । प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका करिब सात हजार भन्दा बढी फौज क्रियाशील छन् ।
उनीहरूले घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा शव व्यवस्थापन गरिरहेको नेपाली सेनाले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्