ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ३ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किएका छन् ।

अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीपछि वीर अस्पतालमा उपचारका लागि ल्याइएका १७ जना घाइतेमध्ये १६ जना उपचारपछि निको भएर घर गइसकेका छन् । अब एक जना मात्रै उपचाररत छन् ।

हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक डा. नेपालले भने “वीरमा १७ जना घाइते ल्याइएको थियो । १६ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । अब एक जना मात्रै उपचाररत हुनुहुन्छ ।”

यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगिरहेका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाएको छ । रासस

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ल्हेन्दे खोलामा फेरि दुई साना ताल, तल्लो तटीय क्षेत्रमा सतर्क रहन विज्ञको सुझाव

कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ

भोटेकोशीमा बाढीको जोखिम कायमै, पूर्वसूचनामा ध्यान दिन महाशाखाको आग्रह

बाढी पीडितका लागि स्याङ्जाका ४ पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीः ६१६ शव फेला

गोलबजार नगरपालिकाले रसुवा बाढीपीडितलाई साढे पाँच लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu