ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा विद्यालयमा तनाव, प्रहरीसँग स्थानीयको झडप


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : ३५   बजे

सप्तरी । शिक्षक–कर्मचारी भर्नाका लागि यसअघि स्थगित गरिएको छनोट परीक्षा पुनः सञ्चालन गर्न खोजिएपछि सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालयमा शनिबार तनाव उत्पन्न भएको छ ।

परीक्षा सञ्चालनको विषयलाई लिएर स्थानीय र सुरक्षाकर्मीबीच विवाद भएपछि विद्यालय परिसरमा झडपको अवस्था सिर्जना भएको हो । विद्यालयको गेट खोल्ने विषयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँ प्रहरीसँग स्थानीयको विवाद भएको स्थानीयले बताएका छन् । घटनाका क्रममा केही व्यक्तिमाथि कुटपिटसमेत भएको स्थानीयको दाबी छ ।

विद्यालयले प्लस टुतर्फ लेखा र अंग्रेजी विषयमा एक–एक जना तथा प्राविधिक धारतर्फ प्रशिक्षक, सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदमा करार नियुक्तिका लागि शनिबार छनोट परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

यसअघि बुधबारका लागि तय गरिएको परीक्षा विवादपछि स्थगित गरिएको थियो । तर शनिबार पुनः परीक्षा सञ्चालन गर्न खोजिएपछि स्थानीयले विरोध जनाएका थिए । त्यसपछि विद्यालय परिसरमा ठूलो संख्यामा स्थानीय भेला भएका थिए भने सम्भावित तनावलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

भर्ना प्रक्रियामा ‘सेटिङ’ भएको आरोप

भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै बलान बिहुल गाउँपालिका–६ का वडाध्यक्ष सूर्यकुमार दासले विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष दासले विद्यालयका प्रधानाध्यापक भोला यादव, व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समितिका संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशिकुमार यादवबीच मिलेमतो भएको आरोप लगाएका छन् ।

उनले भर्ना प्रक्रियामा ‘सेटिङ’ भएको दाबी गर्दै निष्पक्ष छानबिन गरी परीक्षा प्रक्रियालाई पारदर्शी बनाउन माग गर्दै आएका छन् ।

यसअघि पनि वडाध्यक्ष दासले गत मंगलबार शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरी परिसरमा धर्ना दिएका थिए ।

विवादका कारण स्थगित परीक्षा पुनः सञ्चालन गर्ने प्रयासले विद्यालयमा तनाव बढेपछि अब परीक्षा प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय थप जटिल बनेको छ । स्थानीयले निष्पक्ष छानबिनपछि मात्र परीक्षा सञ्चालन गर्नुपर्ने माग गरेका छन् भने विद्यालयतर्फबाट लगाइएको आरोपबारे आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

विद्यालय बग्यो, तर विद्यार्थी बाँचाउन सफल भए प्रधानाध्यापक : ‘स्कुलबाट निकालेर डाँडातिर पुर्‍यायौँ’

प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

भोटेकोसी बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu