ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बाढी आएकै दिन टनेलबाट २० जना निस्किएका थियौँ, अहिले पनि गाडीभित्र शव छन्’


ABC NEWS
१३ भदौ २०८३, शनिबार   १० : ५५   बजे

त्रिशूली (नुवाकोट) । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावितलाई नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रमा ल्याउने क्रम जारी छ।

केही घाइतेलाई हेलिकप्टरमार्फत सिधै काठमाडौं ल्याएर उपचार भइरहेको छ भने सामान्य अवस्थाका घाइतेलाई सैन्य तालिम केन्द्रमै प्राथमिक उपचार भइरहेको छ।

बाढीमा सुरुङभित्र फसेका विदुर नगरपालिका–१३ का धनबहादुर तामाङलाई नेपाली सेनाले शनिबार हेलिकप्टरमार्फत उद्धार गरेको छ। सुरुङका चालक रहेका तामाङले बाढी एक्कासि आएपछि आफूहरू आत्तिएको बताए।

‘एक्कासी बाढी आयो, त्यसपछि केही थाहा छैन,’ उनले भने।

तामाङका अनुसार बाढी आएको दिन आफू सुरुङबाट बाहिर निस्किन सफल भएका थिए। त्यसपछि रातभर क्याम्पमा बसेको र खोला घटेपछि माथिल्लो गाउँमा गएर बसेको उनले बताए।

‘हामी टनेलबाट बढीमा २० जना निस्किएका थियौँ। आफैं निस्किएका हौँ। अहिले पनि गाडीभित्रै शवहरू त्यतिकै छन्,’ उनले भने।

सुरुङभित्र अझै धेरै मानिस रहेको आफूलाई जानकारी भएको तामाङले बताए। उद्धारपछि भावुक बनेका उनले सुरुङमा रहेका अन्य व्यक्तिको पनि सकुशल उद्धार हुने आशा व्यक्त गरे।

‘अब चाहिँ बाँच्ने आशा छ। बाँचेकाहरूको उद्धार भइदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने।

अस्पतालमा घाइतेको उपचार

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा खोज तथा उद्धार कार्य जारी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट उद्धार गरिएका घाइतेको काठमाडौं उपत्यकाका १३ वटा अस्पतालमा उपचार भइरहेको छ।

नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज, राष्ट्रिय ट्रमा सेन्टर, ग्रिनसिटी अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स अस्पताल, प्रसूति गृह र सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा घाइतेको उपचार भइरहेको छ।

त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि उत्खनन जारी

यसैबीच, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि उत्खनन कार्य जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सुरुङमा फसेकाको उद्धारका लागि हालसम्म २० फिटभन्दा बढी भाग उत्खनन भइसकेको छ।

सुरुङको माथिल्लो भागसम्म पहुँच पुर्‍याएर उद्धारका लागि थप उत्खनन गर्ने काम भइरहेको छ। सुरुङभित्र फसेका व्यक्तिको जीवनरक्षाका लागि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

‘गाउँपालिकामा नाकाबन्दी लागेजस्तो छ, यता हामी उतै गाउँले सम्पर्कविहीन’

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

त्रिशूली ३ ‘ए’ सुरुङको प्वालबाट हावा पठाउन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu