पोखरा / त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ। गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका हुन्।
‘हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,’ उनले लेखेका छन्।
त्रिशूली-३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुगेर हावा पठाउने व्यवस्था मिलाइनु उद्धार कार्यका लागि महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ। अब सुरुङ खन्ने कार्यलाई सुरक्षित रूपमा अघि बढाई उद्धार टोलीभित्र पठाउने र सुरुङमा फसेका व्यक्तिको उद्धार गर्ने तयारी गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्