काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
रसुवाको टिमुरेमा कार्यरत खड्काको पार्थिव शरीरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित प्रहरी अधिकृत तथा कर्मचारीले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा कर्तव्य पालनामा खटिएका खड्काको मृत्यु भएको थियो । उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकारी तथा विभिन्न दर्जाका प्रहरी कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा खड्काको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्