हेटौँडा । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ। बाढीपछि आफन्तले सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा जानकारी गराएपछि प्रशासनले सम्पर्कविहीनको विवरण संकलन गरेको हो। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सम्पर्कविहीनमध्ये ६ जना भने हाल आफन्तको सम्पर्कमा आएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका मकवानपुरवासीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्