ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ५ : ५५   बजे

चितवन । भोटेकोशी बाढीमा बगेर नारायणी नदीसम्म आइपुगेका पहिचान खुल्न नसकेका १०३ जनाको शव स्थानीय प्रशासनले देवघाटस्थित जंगल क्षेत्रमा माटोमुनि व्यवस्थापन गरेको छ।

बाढीपछि चितवनका विभिन्न स्थानबाट हालसम्म २७२ वटा शव फेला परेको जिल्ला प्रशासनले जनाएको छ। तीमध्ये १० शवको पहिचान खुलेपछि आफन्तले जिम्मा लिएर लगेका छन्।

पहिचान खुल्न नसकेका शवमध्ये १०३ वटा शवलाई आवश्यक विवरण तथा संकेत चिन्ह सुरक्षित राख्दै व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए।

डीएनए परीक्षणबाट पहिचान खुले शव निकाल्न सकिने

प्रशासनले शव व्यवस्थापन गरिए पनि भविष्यमा पहिचान खुल्ने सम्भावनालाई भने खुला राखेको जनाएको छ।

शवको सङ्केत, विवरण तथा पहिचानसम्बन्धी आवश्यक अभिलेख सुरक्षित राखिएको छ। भविष्यमा डीएनए परीक्षण वा अन्य प्रक्रियाबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित आफन्तले प्रशासनसँग समन्वय गरी शव झिकेर लैजान सक्ने व्यवस्था गरिएको छ।

प्रशासनका अनुसार पहिचान नखुलेका शवलाई लामो समयसम्म खुला अवस्थामा राख्दा स्वास्थ्य तथा वातावरणीय जोखिम बढ्न सक्ने भएकाले सम्मानपूर्वक अन्त्येष्टि तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको हो।

शवको विवरण र संकेत सुरक्षित राखिएकाले आगामी दिनमा आफन्तले खोजी गर्दा तथा पहिचान प्रक्रिया अघि बढाउँदा सहज हुने प्रशासनको विश्वास छ।

भोटेकोशीबाट सुरु भएको बाढी त्रिशूली हुँदै नारायणीसम्म पुगेपछि तल्लो तटीय क्षेत्रमा समेत ठूलो संख्यामा शव फेला परिरहेका छन्। नदीको बहावसँगै बगेर आएका शवको पहिचान र व्यवस्थापन अहिले स्थानीय प्रशासनका लागि थप चुनौती बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

लाङटाङ हिमालको हिउँ चट्टान आठ महिनादेखि भासिँदै थियो, भदौ १० मा चोइटिँदा आयो भोटेकोशीमा हिमबाढी

भोटेकोशी बाढीमा मृत्यु भएकाको वैज्ञानिक प्रमाण सुरक्षित राखेर शव व्यवस्थापन

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

भूकम्पबाट जोगिन बेँसी झरे, ११ वर्षपछि त्यहीँ आयो बाढी : त्रिशूली किनारका बस्तीको दुःखान्त कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu