काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ।
प्रहरीका अनुसार बाढी तथा त्यसबाट सिर्जित विपद्का क्रममा रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ७४२ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार तथा खोजी अभियानका क्रममा २५ जना प्रहरी अझै बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा ७ हजार ८९४ सुरक्षाकर्मी खोजी तथा उद्धारमा परिचालन गरिएको छ।
नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा समेत शव तथा बेपत्ताको खोजी जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्