ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरोले विद्यालयमा ठूलो क्षति, सयौँ विद्यार्थी सम्पर्कविहीन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ७ : ५५   बजे

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूमा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार बाढीका कारण तीन जिल्लाका कम्तीमा १८ विद्यालयमा पूर्ण, आंशिक तथा सामान्य क्षति पुगेको प्रारम्भिक विवरण छ।

विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा बाढीले व्यापक क्षति पुर्‍याएको छ। कतिपय विद्यालय भवन तथा छात्रावास बाढीले बगाएका छन् भने अधिकांश विद्यालयका कक्षाकोठा लेदो, बालुवा र माटोले पुरिएका छन्।

नुवाकोटमा मात्रै ६ विद्यालयमा क्षति पुगेको र तीमध्ये चारवटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। विदुर नगरपालिका–५ मा रहेको त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा सबैभन्दा ठूलो भौतिक क्षति पुगेको छ। उक्त विद्यालयमा एक हजार ६४३ विद्यार्थी अध्ययनरत थिए। बाढी आउनुअघि नै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने हुन नपाएको विद्यालयले जनाएको छ।

त्यस्तै, विदुर–७ टुप्चेमा रहेको चण्डेश्वर माध्यमिक विद्यालयको छात्रावास, विदुर–१० बेत्रावतीस्थित रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया बोर्डिङ स्कुलको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। केही विद्यालयमा भलपानी पसेर पठनपाठनसमेत प्रभावित भएको छ।

रसुवामा पनि टिमुरे, उत्तरगया र गोसाइँकुण्ड क्षेत्रका विद्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ। सञ्चार सम्पर्क विच्छेद भएका कारण जिल्लाका सबै विद्यालयको क्षतिको यकिन विवरण संकलन गर्न कठिन भइरहेको अधिकारीहरूले बताएका छन्।

बाढीपछि केही विद्यालयका विद्यार्थी तथा शिक्षकसमेत सम्पर्कविहीन भएका छन्। नुवाकोटस्थित एक विद्यालयले आफ्ना तीन विद्यार्थी सम्पर्कविहीन रहेको जानकारी गराएको छ। रसुवाको एक आधारभूत विद्यालयका १० शिक्षकमध्ये तीन जना मात्रै सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी, गोसाइँकुण्डतर्फ गएका धादिङका केही शिक्षकसमेत बाढीपछि सम्पर्कविहीन छन्। काठमाडौं विश्वविद्यालयका तीन विद्यार्थी पनि इन्टर्नसिपका लागि नुवाकोट पुगेका बेला बाढीपछि सम्पर्कविहीन भएको विश्वविद्यालयले जनाएको छ।

बाढीका कारण विद्यालय भवनमा भएको क्षतिसँगै विद्यार्थीको शैक्षिक भविष्यसमेत प्रभावित भएको छ। विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले वैकल्पिक स्थानबाट पठनपाठन सञ्चालन तथा प्रभावित विद्यार्थीको शैक्षिक पुनर्स्थापनाका लागि सरकारले तत्काल योजना बनाउनुपर्ने देखिएको छ।

बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ। दुर्गम तथा सञ्चार सम्पर्कविहीन क्षेत्रमा उद्धार तथा राहत टोली पुग्न नसक्दा विद्यालय, शिक्षक र विद्यार्थीको अवस्थाबारे यकिन विवरण आउनसमेत समय लाग्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि सास वा लाशको पर्खाइमा बेपत्ता परिवार

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

सम्बन्धित

भोटेकोसी बाढी : तीन जिल्लाका १६ विद्यालयमा क्षति, २५१ विद्यार्थी र शिक्षक सम्पर्कविहीन

स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा विद्यालयमा तनाव, प्रहरीसँग स्थानीयको झडप

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

विद्यालय बग्यो, तर विद्यार्थी बाँचाउन सफल भए प्रधानाध्यापक : ‘स्कुलबाट निकालेर डाँडातिर पुर्‍यायौँ’

प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu