ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : तीन जिल्लाका १६ विद्यालयमा क्षति, २५१ विद्यार्थी र शिक्षक सम्पर्कविहीन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   २ : ३५   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १६ विद्यालयमा क्षति पुगेको छ भने २३८ विद्यार्थी र १३ शिक्षक सम्पर्कविहीन भएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार शनिबारसम्म प्राप्त प्रारम्भिक विवरणमा तीन जिल्लाका विद्यालयमा क्षति हुनुका साथै विद्यार्थी र शिक्षक गरी २५१ जना सम्पर्कविहीन रहेको जानकारी आएको छ ।

मन्त्रालयका अनुसार रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा पूर्ण, आंशिक तथा सामान्य क्षति पुगेको छ । रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका तथा धादिङको गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिकाका विद्यालय प्रभावित भएका छन् ।

बाढीले केही विद्यालयका भवन तथा संरचना बगाएको छ भने कतिपय विद्यालयका कक्षाकोठा लेदो, बालुवा र माटोले पुरिएका छन् ।

रसुवाका चारवटै विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । नुवाकोटमा चार विद्यालय पूर्ण र चार विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

आंशिक क्षति पुगेको विदुर नगरपालिकास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका १२ विद्यार्थी र एक शिक्षक सम्पर्कविहीन छन् ।

धादिङमा एक विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने तीन विद्यालयमा आंशिक क्षति पुगेको छ ।

उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ माध्यमिक विद्यालयको भवनमा क्षति नपुगे पनि त्यहाँ अध्ययनरत दुई सय विद्यार्थी र चार शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकास्थित कोमीश्यामेवाङ्फेल माध्यमिक विद्यालयका १६ विद्यार्थी र एक शिक्षक बाढीपछि सम्पर्कविहीन भएका छन् ।

गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका चार शिक्षकसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत १० शिक्षक मध्ये तीन जना मात्रै सम्पर्कमा आएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

नुवाकोटको त्रिभुवन बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको छात्रावाससमेत बाढी तथा लेदोले पुरिएको छ ।

क्षति पुगेका शैक्षिक संस्थामध्ये अधिकांश सामुदायिक विद्यालय रहेका छन् भने केही निजी विद्यालयसमेत प्रभावित भएका छन् । नुवाकोटको त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका तीन विद्यार्थीसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बाढीबाट भएको शैक्षिक क्षेत्रको क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको जनाएको छ । प्रारम्भिक विवरण भएकाले विद्यालय तथा विद्यार्थी–शिक्षकको क्षतिको संख्या थप बढ्न सक्ने मन्त्रालयको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली-३ ‘ए’मा प्वालमार्फत पठाउन थालियो अक्सिजन

त्रिशूली–३ ‘बी’ आयोजनामा २०१ जना सम्पर्कविहीन

सम्बन्धित

स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा विद्यालयमा तनाव, प्रहरीसँग स्थानीयको झडप

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

विद्यालय बग्यो, तर विद्यार्थी बाँचाउन सफल भए प्रधानाध्यापक : ‘स्कुलबाट निकालेर डाँडातिर पुर्‍यायौँ’

प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu