ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ३ : ५५   बजे

काठमाडौं । राष्ट्रियसभाले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको ‘विपद् आइसकेकाले समन्वयात्मक रूपमा राहत, उद्धार तथा विस्तृत व्यवस्थापन गर्ने’ विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रस्तावमार्फत भोटेकोसी बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै बाढी प्रभावितको उद्धार तथा राहत, सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई आग्रह गरिएको छ।

राष्ट्रियसभाले स्वदेशी तथा विदेशी विशेषज्ञ र प्राविधिकसहितको टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउनसरकारको ध्यानाकर्षण गराएको छ।

विशेष प्रस्तावमा विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य जुटाउन आग्रह गरिएको छ।

त्यस्तै, विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न पनि सरकारलाई आग्रह गरिएको छ।

राष्ट्रियसभाले विपद्को समयमा राष्ट्रिय एकता कायम गर्दै सबै पक्षको सहयोग, सहकार्य र समन्वयमार्फत राहत, उद्धार तथा व्यवस्थापनका काम अघि बढाउन सरकारलाई विशेष ध्यान दिन आग्रह गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

भोटेकोशी विपत्तिपछि संसद् बोलाउने तयारी, सभामुखले दलीय परामर्श थाले

बाढी प्रभावित क्षेत्रबारे छलफल गर्न सदन सुचारु गर्न कांग्रेसको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu