ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : २५   बजे

काठमाडौं । भदौ १० को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताहरूको नयाँ अध्ययन सार्वजनिक भएको छ ।

नेपाल र तिब्बतको केरुङमा भदौ १० (अगस्ट २६) मा आएको विनाशकारी लेदोयुक्त पहिरो किन उत्पन्न भयो र यसको गति यति तीव्र हुनुको कारण के थियो भन्ने विषयमा निष्कर्षसहितको अध्ययन सार्वजनिक भएको हो ।

चिनियाँ एकेडेमी अफ साइन्सेसअन्तर्गतको इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटो रिसर्चको नेतृत्वमा रहेको संयुक्त अनुसन्धान टोलीले गरेको अध्ययनको नयाँ निष्कर्ष सार्वजनिक भएको सिन्ह्वाले जनाएको छ ।

अध्ययनले विपद्का क्रममा के भयो, किन भयो र यसको विनाशकारी शक्ति किन बढ्यो भन्ने विषयसमेत स्पष्ट पार्ने प्रयास गरेको बताइएको छ ।

यसले, विपद्अघिका महिनाहरूमा सो क्षेत्रमा सामान्यतया औसतभन्दा कम वर्षा भएको र घटनाको तत्कालअघि कुनै ठूलो वर्षा नभएको देखाएको बताइएको छ ।

अनुसन्धानकर्ताहरूले हिमनदीको गति र हिमनदीको अन्तिम भागतर्फ हिउँको निरन्तर प्रवाह विपद्अघिको वसन्त र ग्रीष्म ऋतुमा सामान्यभन्दा बढी तातो मौसमसँग जोडिन पुगेको बताएका छन् । जसका कारण उच्च उचाइमा हिउँ पग्लिने क्रम र परमाफ्रोस्टको क्षयीकरण बढेको बताएका छन् ।

उक्त प्रक्रियाले हिउँ र चट्टानबीचको अन्तरसम्बन्धित स्थिरतालाई कमजोर बनाएको बताइएको छ । दीर्घकालीन विकासक्रमपछि हिमनदी अचानक अस्थिर भएको हुन सक्ने उनीहरूको निष्कर्ष छ ।

यद्यपि, अनुसन्धानकर्ताहरूले उपलब्ध प्रमाणहरू कुनै एक निश्चित तत्कालीन कारण पहिचान गर्न अझै पर्याप्त नरहेको बताएका छन् । तर, निष्कर्षहरूले यो विपद् छोटो अवधिमा भएको तीव्र वर्षाका कारण मात्र नभएको संकेत गर्ने उनीहरूको भनाइ छ ।

विनाशको परिमाण सुरुआती हिम–चट्टान खसाइको मात्राले मात्र नभएको उनीहरूको निष्कर्ष छ । ती गेग्य्रानयुक्त अवशेषहरू तल्लो तटीय क्षेत्रतर्फ बग्दै जाँदा थप सामग्री मिसिँदै जानु रहेको उनीहरूको अर्को मुख्य निष्कर्ष छ ।

अध्ययनले बहाव मार्गमा भएको कटान र थप सामग्री मिसिने प्रक्रिया प्रारम्भिक हिमनदी तहसनहस भएपछि भएका सहायक प्रक्रिया मात्र नभएका निष्कर्ष निकालेको छ । बरु, तल्लो तटीय क्षेत्रमा विपद्को तीव्रता निर्धारण गर्ने निर्णायक कारकसमेत रहेको जनाएको छ ।

हिउँ र चट्टानका अवशेषहरू करिब २२ किलोमिटर लामो खोँच हुँदै अघि बढ्दा तिनले निरन्तर नदीकिनार कटान गरेको, थप सामग्री समावेश गरेको तथा नदीको पानीसँग प्रतिक्रिया गरेको बताइएको छ ।

यही प्रक्रियाले उच्च उचाइबाट सुरु भएको प्रारम्भिक हिम–चट्टान हिमपहिरोलाई केरुङ नाकामा विनाशकारी क्षति पुर्याउन सक्ने विशाल लेदोयुक्त पहिरोमा परिणत गरिदिएको अध्ययनको निष्कर्ष छ ।

अनुसन्धानकर्ताहरूले मुख्य घटना हुनु केही घण्टाअघिका सम्भावित संकेत पत्ता लगाएको उल्लेख गरेका छन् । मुख्य हिमचट्टान पहिरो खस्नुभन्दा केही घण्टाअघि पहिरो र बाढी सुरु भएको क्षेत्रमा धेरैवटा स्पष्ट असामान्य संकेत देखाएको उल्लेख छ । तीमध्ये केही स्थलगत रूपमा देखिएका साना–साना हिमनदी तथा हिउँको भाग खस्ने प्रक्रियासँगै एकै समयमा घटेको बताइएको छ ।

अध्ययनका निष्कर्षहरूले ठूलो घटना हुनुअघि उत्पत्ति क्षेत्रमा जमिन तथा हिम–चट्टानहरूको गतिशीलताका केही साना शृंखला घटेका हुन सक्ने संकेत गरेको बताइएको छ ।

अनुसन्धान टोलीले यी संकेतहरूको थप मूल्यांकन बाँकी रहेको बताएको छ । यद्यपि, यसले उच्च हिमाली हिमनदीमा हुने अल्पकालीन अस्थिरता वा हलचल पहिचान गर्न तथा यस्ता विपद्को अनुगमन र पूर्वसूचनाका लागि सम्भावित दृष्टिकोण पहिल्याउन नयाँ आधार प्रदान गर्न सक्ने बताइएको छ ।

अध्ययनले उच्च उचाइ र चिसो क्षेत्रका क्रायोस्फियरजन्य विपद्को जोखिम मूल्यांकन उत्पत्ति क्षेत्रमा रहेको जमिन, माटो, हिउँ तथा चट्टानजस्ता पदार्थको मात्रा अनुमानमा सीमित हुनु नहुने औँल्याएको छ ।

अनुसन्धानकर्ताहरूले उत्पत्ति क्षेत्रको स्थिरता, बहाव मार्गमा थप वस्तुहरू मिसिन सक्ने सम्भावना, तल्लो तटीय क्षेत्रमा रहेका मानिस र पूर्वाधारको जोखिमको अवस्थासम्म सम्पूर्ण विपद् शृङ्खलालाई समेट्ने व्यापक मूल्यांकन गर्न आह्वान गरेका छन् ।

जोखिमको वास्तविक स्तर ‘पहाडबाट कति जमिन वा भाग भत्किन्छ’ भन्नेमा मात्र नभई खोँचमा कति थप वस्तुहरू समावेश हुन सक्छन् भन्नेमा पनि निर्भर हुने निष्कर्ष छ । त्यस्तै, मार्गका पूर्वाधार तथा जनसंख्यासँग पनि यो निर्भर रहने बताइएको छ ।

यो अनुसन्धानले आपत्कालीन उद्धार, विपद्पछिको मूल्यांकन र पुनर्निर्माणका लागि वैज्ञानिक आधार प्रदान गर्ने बताइएको छ । यसले हिमाली क्षेत्रभर सीमापार विपद् अनुगमन तथा पूर्वसूचना, जोखिम मूल्यांकन र समन्वयात्मक रोकथाम तथा प्रतिकार्य प्रयासका लागि नयाँ वैज्ञानिक सहयोगसमेत प्रदान गर्ने बताइएको छ ।

यो अध्ययन सीएएस इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटो रिसर्च, युनान युनिभर्सिटी, द चाइनिज युनिभर्सिटी अफ हङकङ, वुहान युनिभर्सिटी, सेन्ट्रल साउथ युनिभर्सिटी, द चाइना एरो जिओफिजिकल सर्भे एन्ड रिमोट सेन्सिङ सेन्टर फर नेचुरल रिसोर्सेस, सीएएस नर्थवेस्ट इन्स्टिच्युट अफ इको–इन्भाइरोन्मेन्ट एन्ड रिसोर्सेस, सीएएस एरोस्पेस इन्फर्मेसन रिसर्च इन्स्टिच्युट, इन्टरनेसनल रिसर्च सेन्टर अफ बिग डेटा फर सस्टेनेबल डेभलपमेन्ट गोल्सलगायत संस्थाले संयुक्त रूपमा गरेका थिए ।

यी निष्कर्षहरू मङ्गलबार अकादमिक जर्नल चाइनिज साइन्स बुलेटिनमा प्रकाशित भएका थिए ।

भदौ १० को विपद्पछि सुरुमा सीएएस इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटो रिसर्चअन्तर्गतको ‘नेसनल तिब्बतीयन प्लेटो डेटा सेन्टर’ले आपत्कालीन प्रतिकार्य सुरु गरेको थियो । अनुसन्धानकर्ताहरूले विपद्को विकासक्रम, प्रभावित क्षेत्र र सम्भावित त्यसपछिका जोखिमको द्रूत मूल्यांकन गरेका थिए ।

यसै कार्यलाई अघि बढाउँदै अनुसन्धान टोलीले विपद्अघिका र विपद्पछिका उपग्रह तस्बिर, भू–धरातलीय तथ्यांक, भूकम्प मापन केन्द्रका रेकर्ड, स्थलगत निगरानीका भिडियो तथा अन्य भिडियो सामग्रीलाई संयोजन गरेको बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

सम्बन्धित

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

भोटेकोसी बाढीमा प्राधिकरणका ४९ कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्र पुग्न ‘ब्लास्टिङ’देखि डिवाटरिङसम्म

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

भोटेकोशी बाढीपछि बीमा दाबी २५ अर्ब नाघ्यो, क्षति बढ्दै जाँदा खर्ब पुग्ने अनुमान

त्रिशूलीको बीचमा बाढीले घेरेको घर : ६ जनाको ज्यान जोगियो, – ‘पुनर्जन्म भयो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu