ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ नगर्न कांग्रेस सांसद बुढाको माग


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   २ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले भोटेकोसी बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बुढाले उद्धारका लागि टोली सुरुङको मुखसम्म पुगेको भनिए पनि ठोस परिणाम देखिन नसक्नु चिन्ताजनक रहेको बताए।

उनले पुराना तथा प्रभावहीन उपकरणको भरमा उद्धार सम्भव नहुने भन्दै अत्याधुनिक प्रविधि र आवश्यक जनशक्ति तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए।

“पुराना र प्रभावहीन उपकरणका भरमा उद्धार सम्भव हुँदैन । सञ्चारमाध्यममा उद्धार टोली सुरुङको मुखसम्म पुगेको प्रचार भइरहे पनि उद्धारमा ठोस परिणाम देखिन नसक्नु अत्यन्त चिन्ताजनक छ।”

सांसद बुढाले विपद्को समयमा सरकारले नागरिकको खोजी र उद्धारलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले पीडित परिवारको निरन्तरको आग्रहलाई बेवास्ता नगर्न सरकारलाई आग्रह गर्दै उद्धार कार्यमा कुनै ढिलाइ नगर्न चेतावनीसमेत दिए।

“पीडित परिवारको अनुनय विनयलाई सरकारले अब बेवास्ता नगरोस् । नागरिकको जीवनसँग खेलबाड गर्ने छुट कसैलाई छैन।”

बुढाले सुरुङभित्र फसेकाहरूको अवस्था पहिचान गरी सम्भावित सबै स्रोत, साधन र प्रविधि प्रयोग गरेर उद्धार अभियानलाई द्रुत बनाउन सरकारसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’

सम्बन्धित

संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का अस्पताल भर्ना

भोटेकोसी बाढी उद्धारमा सरकार चुक्यो : एमाले सांसद बराल

प्रतिनिधिसभा बैठक सुरु, तीन महत्वपूर्ण सम्झौता र विधेयक पेस हुँदै

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि सरकारलाई सभामुखको निर्देशन (पूर्णपाठ)

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu