काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘ग्रीन आर्मी’बारे तत्काल छानबिन गर्न माग गरेका छन्। बिहीबार (भदौ १८ गते) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले ‘हरियो सेना’ भनेको के हो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्। ‘हरियो सेना भनेको के हो ? यसको बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु,’ उनले भने। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहतका क्रममा प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी’ देखिएको भन्दै उनले त्यसबारे छानबिन आवश्यक रहेको बताएका हुन्। सांसद भण्डारीले बजारमा देखिएको ग्यास अभावबारे पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्