ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी उद्धारमा सरकार चुक्यो : एमाले सांसद बराल


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले भोटेकोसी बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सुरुङमा फसेका नागरिकको उद्धारका लागि सरकारले प्रभावकारी र व्यवस्थित ढंगले काम गर्न नसकेको बताए।

“टनेलभित्र फसेकाहरूको उद्धार कार्यमा सरकार गम्भीर रूपमा चुक्यो । दिलोज्यानले यो कामलाई व्यवस्थित गर्न सकेन।”

उनले उद्धार कार्यमा निर्माण क्षेत्रमा काम गरिरहेका कम्पनी तथा निर्माण व्यवसायीलाई समेत तत्काल सहभागी गराउनुपर्ने बताए। निर्माण व्यवसायीको प्राविधिक जनशक्ति, उपकरण र अनुभव उपयोग गर्न सके फसेका नागरिकलाई बचाउन सकिने उनको दाबी थियो।

“निर्माण व्यवसायीलाई त्यस क्षेत्रमा सामेल नगराउने विषयले आज हामी गम्भीर समस्यामा पुगेका छौँ।”

पुनर्निर्माणमा सर्वदलीय संयन्त्र बनाउन माग

सांसद बरालले विपद्पछि हुने अर्बौं रुपैयाँ बराबरको सहयोग वितरण तथा पुनर्निर्माणको काम सरकारले मात्रै प्रभावकारी रूपमा सम्पन्न गर्न नसक्ने बताए।

उनले राहत, पुनर्निर्माण र सहयोग परिचालनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारे।

उक्त समितिमार्फत सरकारले गरिरहेका राहत तथा पुनर्निर्माणका कामको निरीक्षण गर्नुका साथै आवश्यक सहयोग र समन्वय गर्न सकिने उनको भनाइ छ।

बरालले विपद्पछिको पुनर्निर्माणमा राज्यका सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई सहभागी गराउँदै पारदर्शी, प्रभावकारी र परिणाममुखी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि रास्वपाले ५० लाख सहयोग गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहलाई कुलमान घिसिङको सुझाव : ‘सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता बनाऔँ’

सम्बन्धित

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् ? सरकारलाई सांसद बोहोराको प्रश्न

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का अस्पताल भर्ना

सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ नगर्न कांग्रेस सांसद बुढाको माग

प्रतिनिधिसभा बैठक सुरु, तीन महत्वपूर्ण सम्झौता र विधेयक पेस हुँदै

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu