ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको गिरोङमा बाढी–पहिरोमा ३१ जनाको मृत्यु, ५३१ बेपत्ता


ABC NEWS
२० भदौ २०८३, शनिबार   ८ : ०५   बजे

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्थानीय विपद् व्यवस्थापन तथा उद्धार केन्द्रका अनुसार शुक्रबार साँझ ६ बजेसम्म ५३१ जना अझै बेपत्ता छन्।

उद्धारकर्मीले प्रभावित क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान फेला पारेका छन्। जी–२१६ उद्धार मार्गमा निरीक्षणका क्रममा ५८ वटा सम्भावित भूगर्भीय विपद्का जोखिमस्थल पहिचान गरिएको केन्द्रले जनाएको छ।

प्रभावित तीन गाउँको जोखिम मूल्याङ्कन पूरा गरी दुईवटा अस्थायी आपत्कालीन आश्रयस्थलका लागि स्थानसमेत छनोट गरिएको छ। प्रभावित क्षेत्रमा आपत्कालीन आपूर्ति व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशनसमेत दिइएको अधिकारीहरूले बताएका छन्।

द्वितीयक विपद्को जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत तथा आपत्कालीन व्यवस्थापनका अधिकारीसहित चिनियाँ विज्ञान प्रतिष्ठान र चीन एकेडेमी अफ सेफ्टी साइन्स एन्ड टेक्नोलोजीका १७२ विशेषज्ञ तथा प्राविधिक जनशक्ति परिचालन गरिएको छ।

बरफ–चट्टान पहिरोपछि आएको बाढीले गिरोङ बन्दरगाह आसपासका भवन, विद्युत् आपूर्ति संरचना तथा बन्दरगाहतर्फ जाने जी–२१६ राजमार्गको एक खण्डमा क्षति पुर्‍याएको छ। सडक र पूर्वाधारमा भएको क्षतिले उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

कठिन भूगोलका कारण उद्धारमा समस्या भए पनि चीनले हेलिकोप्टर, स्पिडबोट र रबरका डुङ्गा परिचालन गरी उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्‍याएको छ। स्थलगत उद्धार टोलीले करिब १२ घण्टा ठाडो पहाडी बाटो पार गर्दै पैदल प्रभावित क्षेत्रमा पुगेका थिए।

उद्धार तथा खोजी कार्यमा करिब २ हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, ८ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान तथा २४ हेलिकोप्टर उडान परिचालन गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

पृथ्वी राजमार्गको परेवाभिर सडकखण्ड १२ घण्टा बन्द

सम्बन्धित

अर्जुनडाँडा

आकाशमा उड्ने आशा : भोटेकोसीको उद्धारमा क्याप्टेन प्रिया

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्यो, दुई जनाको मृत्यु

भोटेकोसी बाढी : ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता

उद्धारका लागि अमेरिकी सेनाका दुई विमान नेपालमा, लोडरसहित ५ हजार सामग्री ल्याइयो

कैलाश मानसरोवरबाट २ हजार ५०० तीर्थयात्री नेपाल फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu