काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्ड आज १२ घण्टा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक मर्मतका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
भदौ १० गते भोटेकोशीसहित त्रिशूली नदीमा आएको बाढीले परेवाभिरमा सडक क्षतिग्रस्त भएपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो। सडकको आवश्यक मर्मत गर्न आवागमन पूर्ण रूपमा रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।
बाढीका कारण बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा सडक पूर्ण रूपमा अवरुद्ध छ। बेनिघाट रोराङ–१० जवाङखोला र थाक्रे गाउँपालिका–२ को कमेरेभिरमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्