ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनले हिमाली गिद्धको बासस्थान र आहारमा चुनौती


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : ३५   बजे

मुक्तिनाथ । जलवायु परिवर्तनसँगै विकास निर्माण, बस्ती विस्तार, पशु उपचारमा प्रयोग हुने औषधि र बढ्दो मानवीय गतिविधिका कारण हिमाली गिद्धको बासस्थान तथा प्रजनन क्षेत्रमा असर पर्न थालेको छ।

प्रकृतिका ‘कुचिकार’ मानिने गिद्धले मरेका जनावरको सिनो खाएर वातावरण सफा राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर पछिल्लो समय प्राकृतिक प्रकोप, डढेलो, चरन क्षेत्रमा सिनोको अभाव र बढ्दो तापक्रमका कारण गिद्धले आहारा तथा अनुकूल बासस्थानको खोजीमा लामो दूरीसम्म विचरण गर्नुपर्ने अवस्था आएको छ।

समुद्री सतहबाट करिब १ हजार २०० देखि ६ हजार मिटर उचाइसम्म पाइने हिमाली गिद्धको आहारा र बासस्थान संरक्षण आवश्यक रहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका प्रमुख उमेश पौडेलले बताए।

मुस्ताङमा एक्यापले गिद्धको आहारा, बासस्थान र प्रजनन क्षेत्र संरक्षणका लागि विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पर्यटकलाई गिद्ध अवलोकन गराउन विभिन्न स्थानमा भ्यू प्वाइन्टसमेत बनाइएको छ।

एक्यापका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समर, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको यासाघारा, चराङ, ढाकमर, याराघारा र ध्येसहित लोमान्थाङ गाउँपालिकाको छोसेर, समजुङ र कोरला क्षेत्रमा गिद्ध अवलोकन गर्न सकिन्छ।

उपल्लो मुस्ताङमा गिद्धलाई वातावरणीय शुद्धताको प्रतीकसँगै धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। स्थानीय समुदायले घरपालुवा जनावर मरेपछि गिद्धको बथान देखिने स्थान आसपासमा सिनो पुर्‍याउने गरेका छन्।

एक्याप लोमन्थाङले गरेको प्रारम्भिक अनुमानमा उपल्लो मुस्ताङमा करिब २०० गिद्ध रहेको अनुमान छ। एउटै गिद्ध विभिन्न स्थानमा पुग्ने भएकाले यकिन संख्या निर्धारण गर्न भने कठिन रहेको एक्यापले जनाएको छ।

हिमाली गिद्धले आफैं सिकार गर्दैन। अन्य जनावर वा प्राकृतिक कारणले मरेका पशुचौपायाको सिनो खाने भएकाले यसले वातावरणमा रोग फैलिन, दुर्गन्ध बढ्न र प्रदूषण हुनबाट रोक्न सहयोग गर्छ।

गिद्धको संरक्षण पर्यावरणीय चक्रसँगै उपल्लो मुस्ताङको धार्मिक परम्परासँग पनि जोडिएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टस्सी नुर्व गुरुङले बताए। उनका अनुसार गिद्ध संरक्षणका लागि विभिन्न संघसंस्थासँग सहकार्य भइरहेको छ भने जोखिम न्यूनीकरण र समुदायस्तरमा जनचेतना विस्तार आवश्यक छ।

उपल्लो मुस्ताङको ‘ल्होवा’ समुदायमा मृत्यु संस्कारसँग गिद्ध जोडिएको परम्परा अझै कायम छ। कसैको मृत्यु भएपछि लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्पमध्ये गिद्धलाई शव खुवाएर अन्त्येष्टि गर्ने परम्परा छनोट गर्न सक्ने प्रचलन रहेको छ।

हिमाली क्षेत्रमा बासस्थान बनाउने गिद्ध तराईसम्म पुग्ने गरेका छन्। समूहबाट अलग हुने, विद्युत्का पोल तथा तारमा ठोक्किने र अग्ला पहाडमा ठोक्किएर दुर्घटनामा पर्ने जोखिमसमेत गिद्धले व्यहोर्दै आएका छन्।

यसैबीच शनिबार १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ। अफ्रिकामा सन् २००५ देखि गिद्ध संरक्षण दिवस मनाउन सुरु गरिएकोमा सन् २००९ देखि विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन थालिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धार गरिएकी चण्डिकाको शल्यक्रिया तयारी

भोटेकोसी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

सम्बन्धित

६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

नेपालसहित ४४ अल्पविकसित देशको सामूहिक आवाज : ‘जलवायु विपद्को क्षतिपूर्ति धनी राष्ट्रले दिनुपर्छ’

जलवायु न्यायको माग जायज, तर कूटनीतिमा परिपक्वता अपरिहार्य

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu