देश
काठमाडौं । बेत्रावतीबाट ११ औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको अपरेसनको तयारी गरिएको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत उनको अपरेसनको तयारी गरिएको छोरा आशिष श्रेष्ठले बताए ।
आशिषका अनुसार चण्डिकाको घुँडाको शल्यक्रियाको तयारी भइरहेको हो । ”काठले लागेर चोट लागेको रहेछ । त्यसले इन्फेक्सन भएछ,” उनले भने ।
आठ दिनसम्म आमाको अत्तोपत्तो केही नभएपछि उनले कुशको शव बनाएर अन्त्येष्टि गर्दै किरियाकर्म थालेका थिए । ११ औँ दिनमा उनको आमाको जीवितै उद्धार भएको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्