काठमाडौं । गायिका निशा सुनारले तीज विशेष गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन्। गीतमा निशा सुनारसँगै प्रकाश सपुतको स्वर रहेको छ भने शब्द तथा संगीत पनि प्रकाश सपुतकै रहेको छ।
भदौ १० गते नै सार्वजनिक गर्ने तयारी गरिएको यो गीत सोही दिन भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछिरोकिएको थियो। परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक मिति पछि सारिएको निर्माण पक्षले जनाएको छ।
गीतको भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराले अभिनय तथा नृत्य गरेका छन्। गायिका निशा सुनार पनि भिडियोमा विशेष भूमिकामा देखिएकी छन्।
सुनिल वीकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ। हरि हुमागाईंले छायांकन गरेको भिडियो प्रवीण भट्टले सम्पादन गरेका हुन्।
यस गीतको भिडियो अर्को कारणले पनि विशेष बनेको छ। प्रकाश सपुत र उनकी श्रीमती विन्दु बोहराले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनीहरूको जोडीको केमेस्ट्री दर्शकका लागि आकर्षण बन्न सक्ने निर्माण पक्षको विश्वास छ।
त्यस्तै, पछिल्लो समय निकै कम म्युजिक भिडियोमा देखिँदै आएकी अभिनेत्री निरुता सिंह पनि यस गीतमार्फत भिडियोमा देखिएकी छन्। गीत आफूलाई निकै मन परेकाले अभिनयका लागि तयार भएको उनले बताएकी छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्