ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले औषधि बगाएपछि ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १२ : ३५   बजे

काठमाडौं । भोटेकोसी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शनिबार सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये १०१ जना ज्येष्ठ नागरिक थिए। उनीहरूमा ४८ महिला र ५३ पुरुष रहेका आयोजकले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका नियमित औषधि बगाएपछि प्रभावित नागरिकलाई शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र आवश्यक औषधि उपलब्ध गराइएको हो।

शिविरमा ज्येष्ठ नागरिकका रोग, मुटु रोग, दन्त तथा अर्थोपेडिकलगायत स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

बाढीपछि मानसिक तनावमा रहेका ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई लक्षित गरी २५ जनालाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्शसमेत दिइएको आयोजकले जनाएको छ।

उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई पनि आवश्यक महत्त्वपूर्ण औषधि उपलब्ध गराइएको थियो।

विभिन्न सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

हैजाविरुद्धको २१ हजार डोज खोप रसुवा पठाइयो

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो, बाढीपछि रोगको जोखिम बढेपछि रोकथाम अभियान तीव्र

बाढीपछि चितवनमा भेटिएका शवको पहिचानका लागि ६८ आफन्तको डीएनए नमूना संकलन

१२० जनाको सित्तैमा टिजी र मधुमेह जाँच

भोटेकोसी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्राधिकरणको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu