काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा घटनाको १३औँ दिन आज राष्ट्रिय शोक घोषणा गरिएको हो।
राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।
तर, राष्ट्रिय शोकका कारण आज सार्वजनिक बिदा भने दिइएको छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्