ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन सरकारलाई उपहार दिन लागेको गैडा नियन्त्रणमा लिदैँ


admin
१३ बैशाख २०७५, बिहिबार   ६ : ०६   बजे

चितवन, १३ वैशाख।  नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा भोलि (शुक्रबार) बाट नियन्त्रणमा लिन शुरु गरिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी गैँडा नियन्त्रण गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा पुग्नेछ । उहाँले भन्नुभयो, “शुक्रबार बिहान एक भाले र एक पोथी गैँडा हामी नियन्त्रण गर्छाै ।” गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उहाँले बताउनुभयो ।

ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ । गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर, बोलेरो जिपलगायत सामग्रीसहित जनशक्ति परिचालन गरिँदैछ ।

वैशाख ७ गतेदेखि सो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी रहेको थियो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका छ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो । ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्काे गैँडा नियन्त्रण गरिने छ ।

सौराहामा राखिएको गैँडा लैजाने नलैजाने विषयमा टुंगो नलागेकाले चिनियाँ टोलीको चाहनाअनुसार सो गैँडा वा अर्काे सुखीभार क्षेत्रबाटै नियन्त्रण गरेर लगिने ढकालले बताउनुभयो । नियन्त्रणमा लिइएका गैँडालाई सौराहामा निर्माण गरिएको पिट बुमा (गैँडा राख्न निर्माण गरिएको खोर) मा राखिने छ । केही दिन बुमा भित्रको खाल्डोमा राखेर सहज खाना खान थालेपछि बुमामा केही महिना राख्ने तयारी गरिएको छ । सो पश्चात् जहाजमा राखेर गैँडा चीन पठाइँदै छ ।

ती गैँडालाई जंगलीबाट घरपालुवाको जस्तो बानी व्यहोरा बनाएर मात्र पठाइने उहाँले बताउनुभयो । जहाजमा लैजाँदा समस्या हुन सक्ने भएकाले शुरुमा बुमामा राखेर गैँडाको आनिबानी अध्ययन गरी गैँडालाई सामान्य अवस्थामा ल्याएर मात्रै पठाउन लागिएको हो ।

विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नु भएको थियो । सोपश्चात नेपाली विज्ञको टोलीले गैँडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । चीनमा प्राकृतिक बासस्थानमा एक सिंगे गैँडा छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group