ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ नं. प्रदेशको बजेट १ अर्ब : राउटेलाई घरदेखि केबलकारसम्म


एबीसी न्यूज
१९ बैशाख २०७५, बुधबार   ९ : ३०   बजे

सुर्खेत, १९ वैशाख  कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।

बिहीबार कर्णाली प्रदेशको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारको बजेट प्रस्तुत गर्नुभएको थियो । संघीय सरकारले प्रदेश सरकारलाई दिएको एक अर्ब २ करोड पाँच लाख बराबरको बजेट प्रदेश सरकारले ल्याएको हो ।

बजेटमा चालु खर्च ४३ करोड ८४ लाख ३  हजार र पूँजीगत खर्चतर्फ ५८ करोड २० लाख ५७ हजार  विनियोजन गरिएको छ । चालु खर्चमा ४२ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ ५२ दशमलव ५ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार, सडक, कृषि, पर्यटन, जलविद्युत, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट ल्याइएको छ ।  बजेटमा संघीय सरकारका मन्त्रालयका योजना र स्थानीय निकायले तर्जुमा गरेका आवधिक योजनाहरु छनोटको आधार भएको र यिनै योजनाहरुको सीमामा रहेर आयोजना छनौट तथा पूर्व सम्भाव्यता अध्ययन क्षेत्रका लागि रकम विनियोजन गरिएको छ ।

बजेटमा कर्णाली प्रदेशमा एयर एम्बुलेन्स सञ्चालन गर्न सम्भाव्यता अध्ययनका लागि १५ लाख बजेट विनियोजन गरिएको छ ।  प्रदेश भित्रका सडक पुल निर्माणका लागि १३ करोड बजेट विनियोजन गरिएको छ ।

विद्युत विकास सम्बन्धी कार्यको लागि  ५० लाख, भवन निर्माण एवं व्यवस्थित शहरीकरणको लागि  ६० लाख, तटबन्ध तथा बाँध निर्माण गर्नको लागि २० लाख, सिँचाई सम्बन्धी संरचनाहरुको निर्माण मर्मत सम्भारका लागि ७५ लाख, सरसफाई संरचना निर्माणका लागि  ५ लाख र प्रदेशभित्र रहेको खानेपानीको समस्यालाई हल गर्न  १ करोड २० लाख रकम बजेट विनियोजन बजेट गरिएको छ ।

प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा एक–एक वटा खेलकुद मैदान निर्माणका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । कर्णाली रारा पर्यटन वर्ष २०७५ लाई सफल गराउन  ७० लाख बजेट विनियोजन गरिएको छ ।

प्राकृतिक प्रकोपबाट हुने घटनालाई सामना गर्न आकस्मिक कोषका लागि  १ करोड बजेट विनियोजन गरिएको छ । मुख्यमन्त्री विपद व्यवस्थापन कोषका लागि १ करोड र अतिरिक्त मुख्यमन्त्री राहत सहायता कोषका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश नागरिकको भरमा भन्ने मान्यताका साथ पूर्वाधारमा रकम जुटाउन तथा लगानीको दीगो आधार तयार गर्न १ करोड विनियोजन गरी नागरिकको तर्फबाट निश्चित रकम योगदान गर्ने गरी कर्णाली प्रदेश नागरिक लगानी पूर्वाधार कोष स्थापना गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैगरी ताल तथा झरना संरक्षण सम्बद्र्धन गर्न वन, भूसंरक्षण तथा जलाधरको संरक्षण सम्बद्र्धनमा १ करोड २८ लाख ९८ हजार विनियोजन गरिएको  छ । कर्णाली प्रदेशका सबै जिल्लाको पर्यटकीय स्थानहरुमा भ्यू–टावर पार्क, पदमार्ग तथा स्मृति भवन निर्माण लगायतका कार्य लागि १ करोड ४७ लाख विनियोजन गरिएको छ ।

घरेलु तथा साना उद्योगहरुको विकास र पूर्वाधारको निर्माण तथा संरक्षण र गुम्बा तथा मन्दिर निर्माण तथा मर्मत सम्भार गरी व्यवस्थापन गर्न १ करोड ४७ लाख, युवा लक्षित कार्यक्रमका लागि एक करोड २० लाख, कर्णाली प्रदेशको स्थापनाका लागि आहुती दिने शहीदका छोराछोरीहरुलाई आर्थिक वर्षदेखि शैक्षिक सामग्रीबापत प्रति विधार्थी एकमुष्ठ दश हजार रुपैयाँ उपलब्ध गराउने र आगामी वर्षदेखि सरकारी विद्यालय र क्याम्पसमा लाग्ने शुल्क बराबरको छात्रवृत्ति रकम वार्षिक रुपमा उपलब्ध गराइने, ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई वर्षमा एक जोर कपडा उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै प्रदेशका मन्त्रालय र प्रदेश सचिवालयहरुलाई अपांगमैत्री संरचना र हेल्पडेस्क तथा अपांग एवं लैगिंकमैत्री शौचालय निर्माण गर्न  १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेशमा रहेका राउटे बस्तीमा  एकै छानामुनी शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा  उपलब्ध हुने गरी राउटे आवास कार्यक्रम सञ्चालन गर्न २० लाख बजेट विनियोजन गरिएको छ ।

सुर्खेत–जुम्ला केबुलकार सम्भाव्यता अध्ययन, बर्दिया सुरुङ मार्गको सम्भाव्यता अध्ययन, अर्गानिक प्रदेशको आधारशिला तयार गर्न पूर्व सम्भाव्यता अध्ययन, र स्थानीय तहमा साझेदारी गरी सडक विस्तार गर्न सम्भाव्यता अध्ययन, जमुनाहा–कोहलपुर–सुर्खेत–हिल्सा सडकलाई प्रधानमन्त्री द्रुत लोकमार्गका सम्भाव्यता अध्ययन र राजापुर–बर्दिया–सुर्खेत–रानीघाट–फलाटे–दैलेख–महाबु–कालिकोट–चिलखाया–नाग्म–गमगढी–नाक्चेलाग्ना सडकलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

‘अदालतले न्याय दिएन भने जनतामाझ जान्छु’ : गगन थापा

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

गरगहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ

Six-Year-Old Boy Dies After Alleged Slapping by Teacher in India

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu