ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : ४५   बजे

अंकारा । टर्कीले गाजाका लागि मानवीय सहायता सामग्री बोकेका जहाजहरू रोकेको तथा सहायता अभियानमा सहभागी कार्यकर्ताहरूलाई हिरासतमा लिएको घटनालाई लिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत नेतन्याहुविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरिएको जानकारी दिएका हुन्। टर्कीले इजरायलमाथि गाजामा मानवीय सहायता पुर्‍याउने प्रयासमा अवरोध गरेको आरोप लगाउँदै आएको छ।

बीबीसी फारसीका अनुसार गत मे महिनामा गाजाका नागरिकलाई मानवीय सहायता पुर्‍याउने उद्देश्यले समुद्री मार्ग हुँदै अघि बढेका विभिन्न देशका कार्यकर्तालाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो। उक्त अभियानमा ४० देशका ४३० भन्दा बढी प्यालेस्टिनी समर्थक तथा मानवअधिकार कार्यकर्ता सहभागी रहेको बताइएको छ।

उनीहरू गाजामाथि लगाइएको समुद्री नाकाबन्दी तोड्दै सहायता सामग्री पुर्‍याउने प्रयासमा सहभागी थिए। इजरायली नियन्त्रणमा परेपछि उनीहरूलाई हिरासतमा राखिएको र पछि टर्की हुँदै स्वदेश फर्काइएको बताइएको छ।

गाजाको नाकाबन्दी तोड्ने प्रयास

ती कार्यकर्ताहरू ‘ग्लोबल फ्लिट अफ एन्ड्युरेन्स’ अभियानअन्तर्गत गाजातर्फ अघि बढेका जहाजका सदस्य थिए। अभियानको उद्देश्य गाजामाथि लगाइएको समुद्री नाकाबन्दी तोड्दै त्यहाँका नागरिकसम्म मानवीय सहायता पुर्‍याउनु रहेको बताइएको थियो।

इजरायलले भने गाजाको समुद्री क्षेत्रको सुरक्षा नियन्त्रण आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएको बताउँदै आएको छ। तर टर्की र प्यालेस्टिनी समर्थक विभिन्न संगठनहरूले सहायता जहाज रोक्ने तथा कार्यकर्तालाई हिरासतमा लिने कार्यलाई अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तविपरीत भएको आरोप लगाएका छन्।

टर्कीको आरोप– मानवीय सहायतामाथि अवरोध

टर्की सरकारले यसअघि पनि इजरायली सेनाले गाजाका लागि सहायता सामग्री बोकेका जहाजहरू रोकेको घटनाप्रति कडा विरोध जनाएको थियो।

अंकाराको आरोप छ कि इजरायलले जानीजानी मानवीय सहायता अभियानमा अवरोध पुर्‍याएको छ। टर्कीले यस्तो कार्यलाई युद्ध अपराध तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघनका रूपमा व्याख्या गर्दै आएको छ।

न्यायमन्त्री गुर्लेकले सामाजिक सञ्जालमार्फत नेतन्याहुविरुद्धको पक्राउ पुर्जी टर्कीको कानुनी प्रक्रियाअन्तर्गत जारी गरिएको बताएका छन्।

यसअघि पनि जारी भएको थियो पक्राउ पुर्जी

यो पहिलो पटक भने होइन जब टर्कीले नेतन्याहु र इजरायलका अन्य वरिष्ठ अधिकारीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।

यसअघि पनि टर्कीले गाजा युद्धका क्रममा भएको घटनालाई ‘नरसंहार’ को संज्ञा दिँदै नेतन्याहुसहित इजरायलका उच्च राजनीतिक तथा सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

गाजामा जारी युद्धलाई लिएर टर्की र इजरायलबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा थप तनावपूर्ण बन्दै गएको छ। टर्कीका राष्ट्रपति र शीर्ष अधिकारीहरूले इजरायली सैन्य कारबाहीको निरन्तर आलोचना गर्दै आएका छन्।

नेतन्याहुविरुद्ध टर्कीले जारी गरेको पछिल्लो पक्राउ पुर्जीले गाजा युद्ध र मानवीय सहायता अभियानलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको कानुनी तथा कूटनीतिक दबाबलाई थप उजागर गरेको छ। तर इजरायलले टर्कीको यस कदमबारे कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयले आगामी दिनमा थप अन्तर्राष्ट्रिय ध्यान तान्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको योजना : प्रतीक्षालयदेखि टोकन प्रणालीसम्म तत्काल सुधारको लक्ष्य

रास्वपा पदाधिकारीमा संस्थापन पक्षका ६ जना मनोनीत, बालेन पक्षबाट नाम आउन बाँकी

सम्बन्धित

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu