ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी हेलिकप्टरमा सिधै जनकपुर आउने, मुक्तिनाथ पनि जाने  


एबीसी न्यूज
१९ बैशाख २०७५, बुधबार   ९ : ४३   बजे

काठमाडौं, १९ वैशाख । २ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन्।

मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए।

मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सो जानकारी दिएका हुन्। बिहारको पटनासम्म हवाइजहाजमा आउने मोदी त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउनेछन्।

हेलिकप्टरबाट बाह्रबिगामा ओर्लिएका मोदीलाई एक जना  मन्त्रीले स्वागत गर्नेछन्। त्यसपछि मोदी जानकी मन्दिरमा आउने छन्। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच भेट हुनेछ। बालुवाटार स्रोतका अनुसार पूजा सकेपछि ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्नेछन्। यसपालिको भ्रमणमा मोदी मुक्तिनाथ पनि जाने कार्यक्रम रहेको थापाले  बताए। थापाले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गरे।

यसअघिको भ्रमण पनि मोदी स्थलमार्गबाटै जनकपुर आउने चर्चा थियो। तर अन्तिम समयमा उनी जहाजबाट काठमाडौं ओर्लिएका थिए। त्यतिबेला पनि मुक्तिनाथ जाने कार्यक्रम भएपनि विभिन्न कारणले रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

‘अदालतले न्याय दिएन भने जनतामाझ जान्छु’ : गगन थापा

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

गरगहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ

Six-Year-Old Boy Dies After Alleged Slapping by Teacher in India

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu