ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्


एबीसी न्यूज
१९ बैशाख २०७५, बुधबार   २ : ०२   बजे

काठमाडौँ, १९ वैशाख।  भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनाँै सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन ।

पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा भइरहेको छ । सम्पदा पुनःनिर्माण नहुँदा विदेशी पर्यटक आउन कम भएको पर्यटन व्यवसायीको भनाइ छ ।

बीस वर्षदेखि हनुमानढोका दरबार क्षेत्रमा पर्यटकका लागि रिक्सा चलाउँदै आउनुभएका धादिङका विशाल लामा भूकम्पको दुई वर्षसम्म पर्यटक न्यून आएकामा विसं २०७४ पछि केही बढ्न थालेको बताउनुहुन्छ ।

वसन्तपुर दरबार क्षेत्रका मजु देग, जोशी परिवारको गुठीका रुपमा रहेको नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिरको पुनःनिर्माणको पत्तो छैन । नौ खुड्किला र तीन तलाको मजु देगलगायत मन्दिरमा जाने ढोकामा ताला लगाएर राखिएको छ । पुनःनिर्माणको सुरसार छैन । लक्ष्मीनारायण मन्दिर अघिल्तिरको महादेव मन्दिर अझै टेको लगाएर राखिएको छ ।

स्थानीय रामशंकर श्रेष्ठ गद्दी बैठकको काममा खटिएका कामदार चार दिन काम गरेपछि हप्तौँ बेपत्ता हुने गरेको सुनाउँनुहुन्छ । यस किसिमले पुनःनिर्माणमा वर्षौँ लाग्ने र पुरातात्विक, सांस्कृतिक एवं मौलिक हिसाबले महत्वपूर्ण सम्पदाको अस्तित्व संकटमा पर्ने उहाँको चिन्ता छ ।

वसन्तपुर दरबार क्षेत्रको प्रमुख सम्पदा काष्ठमण्डपको पुनःनिर्माण पनि हुनसकेको छैन । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले मंगलबार भेला आयोजना गरे । भेलाले काष्ठमण्डप पुनःनिर्माण गर्न भन्दै प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको छ ।

गत वर्ष वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका गर्न त्रिपक्षीय सम्झौता भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानकाबीच भएको सम्झौता तीन महिनामै भंग गरी महानगरपालिकालाई जिम्मेवारी दिइएको थियो । महानगरले अहिलेसम्म काम शुरु गर्नसकेको छैन ।

पुरातत्व विभाग प्राविधिक शाखा प्रमुख सम्पत् घिमिरे हनुमानढोका दरबार क्षेत्रका दुईवटा सम्पदा विभागले पुनःनिर्माण गरिरहेको बताउनहुन्छ । विभागले पुनःनिर्माण गरिरहेका सम्पदामा दशावतार र छ्यासिङ देगु छन् । गद्दी बैठक र नौतले दरबारबीचको भवन पनि विभागले पुनःनिर्माण गर्ने उहाँले बताउनुभयो ।

महानगरपालिकाले काष्ठमण्डप, नगरा र मजुदेग पुनःनिर्माण गर्ने सहमति भएको छ । महानगरपालिकाले अहिलेसम्म काम शुरु गर्नसकेको छैन । काठमाडौँ उपत्यका सम्पदा संरक्षण ट्रष्टले कागेश्वरीको पुनःनिर्माण सम्पन्न गरेको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले गोपीनाथ र जगन्नाथ मन्दिरको जीर्णोद्धार गर्नेछ ।

नौतले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको छ । यसको काम ६० प्रतिशत सम्पन्न भएको विभागले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको गद्दी बैठकको पुनःनिर्माण ८० प्रतिशत सम्पन्न भएको छ ।

केही सम्पदा पुनःनिर्माण भए पनि काम सुस्त रहेको स्थानीयवासीको गुनासो छ । धेरै सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन । काष्ठमण्डपलगायत महत्वपूर्ण सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

‘अदालतले न्याय दिएन भने जनतामाझ जान्छु’ : गगन थापा

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

गरगहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ

Six-Year-Old Boy Dies After Alleged Slapping by Teacher in India

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu