ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना


admin
१९ बैशाख २०७५, बुधबार   ४ : ०५   बजे

भक्तपुर, १९ वैशाख । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ ।

युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै धर्ना दिएका हुन् ।


‘आक्रमणकारीलाई पक्राउ गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे, कडा सुरक्षा व्यवस्था गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन् ।

धर्नापछि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको कार्यकक्षमा गएर सुरक्षाको माग गर्दै घटना भएको ११ दिनसम्म पनि आक्रमणकारी पक्राउ नपर्नुले अपराधीलाई थप मनोबल पुगेको बताउनुभयो ।

राजनीतिक खोल ओढेर यो वा त्यो को नाममा एमालेका जनप्रतिनिधिमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “आक्रमण हुने क्रम बढ्दै जान्छ भने युवा संघ हातमा दही जमाएर बस्दैन, देशमा आतंक फैलाउँछु भन्ने सोचेको हो भने त्यस्ता आक्रमणकारीसँग चोकचोकमा प्रतिवाद गर्न युवा संघ तयार छ ।”

संघका अध्यक्ष पौडेलले सरकारले जनप्रतिनिधि र जनताको सुरक्षा गर्न नसके युवा संघ जनताको सुरक्षाका लागि सडकमा ओर्लने बाध्य हुने बताउँदै “जनप्रतिनिधिलाई आक्रमण गर्ने र जनतालाई आतंकित पार्न कसैले खोज्छ भने, जुनसुकै संगठनका र जो सुकै भए पनि युवा संघ अब चुप लागेर बस्दैन, त्यसको प्रतिवाद गर्छ भन्नुभयो ।”

कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले यो घटनापछि जनप्रतिनिधि थप असुरक्षित भएको र एक्लै हिँड्डुल गर्न सक्ने अवस्था नभएको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई सडक कालोपत्रको अनुगमनका क्रममा मध्यपुरको प्रमुख जस्तै बनाइदिउँला भनेर धम्की दिएको बताउँदै उहाँले सुरक्षाको माग गर्नुभयो ।

प्रजिअ पोखरेलले घटनाको अनुसन्धान भई आक्रमणकारीको पहिचान भइसके पनि उनीहरु लुकेर बसेका कारण पक्राउ गर्न नसकेको उल्लेख गर्दै आक्रमणकारीलाई पक्राउ गर्न अब धेरै दिन नलाग्ने बताउनुभयो ।

जनप्रतिनिधि र जनताको सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासन क्रियाशील रहेको बताउनुभयो । आक्रमणबाट घाइते प्रमुख श्रेष्ठको कोरिया–नेपाल मैत्री अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group