ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   १ : २९   बजे

 

डोल्पा, २२ वैशाख।त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् ।

तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवा ग्राही मर्कामा परेका हुन ।

वैशाखको ७, ८ र ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको तालीममा सहभागी हुन गएका त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, नासु हीराचन्द्र धरला र लेखापाल पदमप्रसाद खनाल कार्यालयमा नफर्केपछि विभिन्न योजनाको फरफारकको लागि आउने उपभोक्ता समितिका पदाधिकारी नगरमा आउँदै खाली हात फर्कंदै गर्ने गरेका छन् ।

नगरपालिकाका नायब सुब्बा चन्द्रपसाद बुढथापा र लेखापाल पदमप्रसाद खनाल नगरपालिकाको डोजर खरिदका लागि भन्दै जिल्ला बाहिर गएको लामो समयसम्म कार्यालयमा नफर्केपछि अहिले नगरपालिकामा सामान्य सिफारिस बाहेक अन्य काम नहँुदा सर्वसाधारण खाली हात फर्कने गरेको र केही कर्मचारी कार्यालय कुरेर बस्नुको विकल्प नभएको निमित्त कार्यालय प्रमुख नासु जयशंकर धितालले बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकामा स्थायी अस्थायी तथा करार गरेर ५१ जनाको कर्मचारी भए पनि केही ११ वार्डका कार्यालय सहयोगी सहायक र कृर्षी र पशु कार्यालयका केही कर्मचारी बाहेक अन्य कर्मचारी कार्यालयमा हाजिर भएको देखिदैन । त्रिपुरासुन्दरी नगरपालिकाका ११ वडामध्ये ९,१० र ११ वडाका सचिव तथा निमित्त कार्यालय प्रमुख जयशंकर धिताल बाहेक नासु सो सरहका कुनै पनि कर्मचारी नहुँदा वडामा सिफारिस गर्न समेत समस्या पर्ने गरेको बताइएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालय सामान्य रहेको वडा नं १ का सचिव नासु दीलीपकुमार चन्द गत फागुनको पहिलो साताबाटै जिल्ला बाहिर गएकोमा हालसम्म नआउँदा कार्यालको कामकाजमा समस्या पर्ने गरेको वडा अध्यक्ष कर्मसिंह थापाले बताउनुभयो ।

सिंहदरबारको अधिकार गाउँ÷गाउँमा आयो भन्थे तर नगरको कार्यशैली र नगरप्रतिनिधिको चालामाला हेर्दा के सिहदरबारको अधिकार आउथ्यो केवल सिंह मात्र आएको भान हुनथालेको छ सामान्य सिफारिसको लागि पहिला वडामा हुन्थ्यो तर अहिले नगरमा आउनु परेको छ गाउँमा सचिव छैनन् उहाँले थप्नुभयो ।

डोल्पा जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कर्मचारी र सुविधा सम्पन्न नगरपालिकाको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकामा समेत नियमित कर्मचारीको व्यवस्थापन र जनप्रतिनिधिको गम्भीरता नहँुदा आफूहरुले स्थानीय सरकारको अनुभूति पाउन नसकेको समेत सर्वसाधारणले गुनासो पोख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आर्सनलको विजयी सुरुवात, कोभेन्ट्री सिटीमाथि ३–० को शानदार जित

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

Vice President Vance Returns to Ohio Hometown to Rally Republicans Ahead of Midterms

Allies Condemn Israel’s Decision to End Probe Into Aid Worker Deaths

Intergenerational Learning Key to Nepal’s Social Cohesion

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu