ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुमाल समुदायमा खानेपानी धारा जडान


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   १ : ३०   बजे

 पाल्पा, २२ वैशाख ।  पाल्पाको रामपुर नगरपालिका वडा नं ६ ले तिलकपुरमा बसोबास गर्ने कुमाल समुदायका घरघरमा खानेपानीको धारा जडान गरिदिएको छ ।

धारा जडान भएपछि सो क्षेत्रका कुमाल समुदायमा खुसियाली छाएको छ । रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनामार्फत ६० घरधुरीमा खानेपानी धारा जडान गरी खानेपानीको प्रबन्ध मिलाइएको वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउनुभयो ।

“वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका कुमाल समुदायका गरिब, विपन्न परिवारलाई कार्यालयले घरघरमा खानेपानीको सुविधा उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “आयोजनाको धारा जडान गर्न नसकेका ६० घरधुरीमा वडा कार्यालयले ५० प्रतिशत छ्ुटमा प्रति घरधुरीका लागि रु १० हजार सहयोग गरी खानेपानी धारा जडान गरिएको छ ।”

“आर्थिक समस्याका कारण घरमा धारा जडान गर्न सकिएको थिएन, जनप्रतिनिधि आफैँ घरमा आएर खानेपानीको व्यवस्था मिलाइदिनुभएकामा एकदमै खुशी छु,” स्थानीय उपभोक्ता कृष्णबहादुर कुमाल बताउनुहुन्छ ।

गाउँका सबै छिमेकीका घरघरमा आयोजनाका पानी आउँदा निकै रहर लाग्थ्यो, बिना झन्झट जनप्रतिनिधि आफैँले सबै प्रक्रिया मिलाएर घरमै पानी आउने गराइदिनुभएको कुमालले भन्नुभयो ।

निर्वाचनका बेला घर घरमा खानेपानी ल्याउने वाचा गरेका यहाँका जनप्रतिनिधिले अहिले कुमाल समुदायलाई प्राथमिकतामा राखेर घरघरमा खानेपानी धारा जडान गरिएदिएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अनुभूति भएको ७५ वर्षीय गंगाबहादुर कुमालले भन्नुभयो ।

स्थानीय निकाय जनप्रतिनिधिको हातमा छ । यसरी सबै गाउँठाउँमा जनप्रतिनिधिले हाम्रो नभनी सबैको हितका लागि राम्रो काम गर्नसके साँच्चिकै जनप्रतिनिधि जनताका साझा व्यक्ति बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आर्सनलको विजयी सुरुवात, कोभेन्ट्री सिटीमाथि ३–० को शानदार जित

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

Vice President Vance Returns to Ohio Hometown to Rally Republicans Ahead of Midterms

Allies Condemn Israel’s Decision to End Probe Into Aid Worker Deaths

Intergenerational Learning Key to Nepal’s Social Cohesion

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu