ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेंग्लोर हैदराबादसँग ५ रनले पराजित


एबीसी न्यूज
२५ बैशाख २०७५, मंगलबार   ७ : ४०   बजे

वैशाख २५ – आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादसँग पराजित भएपछि रोयल च्यालेञ्जर्स बेंग्लोरमाथि एलिमिनेसनको दवाब बढेको छ ।

१ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसकेपछि बेंग्लोर हैदराबादसँग ५ रनले पराजित भएको हो । यो पराजयपछि १० खेलबाट ६ अंकमात्र बटुल्न सफल बेंग्लोर पहिलो चरणबाटै बाहिरिने खतरा बढेको हो । हैदराबाद भने समान खेलबाट १६ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबाद १ सय ४६ रनमा अलआउट भएको थियो ।  कप्तान केन विलियमनसले ५६ रनको उत्कृष्ट इनिङ खेलेको खेलमा हैदराबादका पछिल्ला सात विकेट ३४ रनका लागि चार ओभरमा आउट भएका थिए । सकिव अल हसनले पनि ३५ रनको योगदान गरेपछि हैदराबादको इनिङ केही सम्हालिएको थियो ।

बेग्लोरका टिम साउथी र मोहम्मद सिराजले ३–३ विकेट लिए । बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ नचल्दा बेग्लोर पराजित भएको हो । बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो । बेंग्लोरका कप्तान विराट कोहलीले सर्वाधिक ३९ र कोलिन  डि ग्राण्डहोमले ३३ रन बनाए । यस्तै, मन्दिप सिंहले २१ र पार्थिव पटेलले २० को योगदान दिए ।

सामान्य लक्ष्य जोगाउन हैदराबादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कैलले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group