ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रेमलिला’का लागि दीपशीखाले किन गरिन् कपाल मुण्डन


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   ११ : ४८   बजे

काठमाडौं – कलाकारले आफूलाई चरित्रमा फिट देखाउन विभिन्न गेटअप गर्नुपर्ने हुन्छ । जुन गेटअपले कहिलेकाहिँ कलाकारको सौदर्यमा समेत प्रभाव पारिरहेको हुन्छ ।

यस्तै आफ्नो सौन्दर्यमा प्रभाव पार्ने खालको गेटअप अभिनेत्री दीपशीखा खड्काले पनि गरेकी छन् । अभिनेत्री दीपशीखाले चलचित्र ‘प्रेमलिला’का लागि आफ्नो पूरै कपाल मुन्डन गरेर नयाँ गेटअप बनेकी छन् ।

कपाल पूरै मुण्डन गर्नु भएछ नि ? भन्ने प्रश्नमा उनले भनिन्, ‘चलचित्र अभिनयका लागि यो गेटअप बनाएको हो । यस बाहेक अन्य जानकारी दिन मिल्दैन ।’

एक कार्यक्रम सहित घोषणा गरिएको चलचित्रको अहिले छायाँकन भइरहेको छ । चलचित्रमा रहने ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीत केही दिन अगाडी पोखरामा छायाँकन गरिएको थियो । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका थिए । गीतमा अभिनेत्री दीपशीखा खड्का र नायक अली खानको अभिनय समेटिएको छ ।

प्रेमकथामा बनेको यो चलचित्र छायांकन गरिएको गीतमा वलिउड गायक राजा हसनको स्वर रहेको छ । चलचित्र नायिका दीपशीखाले नै निर्माण गरेकी हुन् । अभिनेता खानको यो डेब्यु चलचित्र हो । उनी बलिउडबाट नेपाल भित्रिएका हुन् ।

अभिनेत्री दीपशीखाकै कथा रहेको ‘प्रेमलिला’ जनक पाण्डेले निर्देशन गरिरहेका छन् ।

महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको चलचित्रमा दीपशीखा र अलीको अलवा सुरज तमु र रेखा शाहको समेत मुख्य भूमिकामा अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

‘बुवा’ कवितामा पितृप्रेम र त्यागको मार्मिक अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu