ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध


ABC NEWS
६ भदौ २०८३, शनिबार   ११ : ४५   बजे

काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटै फिल्मसहित ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’जस्ता चर्चित फिल्म निर्माण गरिसकेको सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी थालेको छ ।

सिनेमा आर्टले नयाँ फिल्मका लागि निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई अनुबन्ध गरेको हो । निर्माता रौनक विक्रम कँडेलका अनुसार बिहीबार उनीहरूसँग औपचारिक सम्झौता गरिएको हो ।

अनमोल र जसिता पछिल्लो समय रुचाइएको जोडीका रूपमा चिनिन्छन् । नयाँ फिल्ममार्फत उनीहरू पुनः एकसाथ पर्दामा देखिन लागेका हुन् ।

फिल्मको शीर्षक भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । निर्माता कँडेलका अनुसार फिल्मको नाम र अन्य विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ । कथा, विषयवस्तु र प्राविधिक पक्षलाई समेत हाल गोप्य राखिएको छ ।

फिल्मको छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी छ । अन्य कलाकार छनोट तथा प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ ।

‘ए मेरो हजुर ५’पछि अनमोल केसी सिनेमा आर्टको नयाँ फिल्ममा व्यस्त हुनेछन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

‘बुवा’ कवितामा पितृप्रेम र त्यागको मार्मिक अभिव्यक्ति

गोविन्दा–सुनिता विवादमा नयाँ ट्विस्ट, राखी सावन्तले भनिन्– ‘२०० करोड जोगाऊ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu