ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोविन्दा–सुनिता विवादमा नयाँ ट्विस्ट, राखी सावन्तले भनिन्– ‘२०० करोड जोगाऊ’


ABC NEWS
६ भदौ २०८३, शनिबार   ७ : ३५   बजे

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीचको विवादले नयाँ मोड लिएको छ। हालै गोविन्दाविरुद्ध दायर गरेको डिभोर्सको मुद्दा फिर्ता लिएकी सुनिताले मोडल राखी सावन्तसँग फोनमा कुराकानी गर्दै गोविन्दा र अभिनेत्री कोमल रानी स्वर्णकार विवाह गर्ने तयारीमा रहेको दाबी गरेकी छन्।

गोविन्दा–सुनिता विवादमा राखीले सुनिताको पक्षमा बोल्दै आएकी छन्। यही क्रममा उनीहरूबीच निकटता बढेको बताइएको छ। मिडियासामु सुनितासँग फोनमा कुराकानी गर्दै राखीले डिभोर्सको मुद्दा फिर्ता लिएर सुनिताले सही निर्णय गरेको बताइन्।

राखीले गोविन्दासँग रहेको भनिएको करिब २०० करोड भारुको सम्पत्ति जोगाउन सुनितालाई सुझाव दिएकी छन्। यदि गोविन्दाको जीवनमा अर्को महिला आए सम्पत्तिमा बाँडफाँट हुन सक्ने भन्दै उनले सम्पत्ति आफ्नो नाममा सुरक्षित गर्नसमेत सुझाएकी हुन्।

मुम्बईमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा राखीले सुनितालाई फोन गरी लाउडस्पिकरमा राखेकी थिइन्।

कुराकानीका क्रममा सुनिताले आफूले डिभोर्सको मुद्दा फिर्ता लिनुको कारण गोविन्दा र कोमल विवाह गर्ने तयारीमा रहेको बताइन्। त्यसपछि राखीले मुद्दा फिर्ता लिएर राम्रो गरेको भन्दै सम्पत्तिमा ध्यान दिन सुझाइन्।

फोन संवादपछि सुनिताले ‘घरकी श्रीमती कहिल्यै गलत हुँदिनन्’ भन्दै आफू सुनिताको पक्षमा रहेको बताइन्।

यसअघि गत १९ अगस्टमा सुनिता आफ्ना छोरा यशवर्धनसँग बान्द्रास्थित पारिवारिक अदालत पुगेकी थिइन्। केही समयअघि उनले गोविन्दालाई ‘सुगर ड्याडी’ भन्दै टिप्पणी गरेकी थिइन्। गोविन्दा र कोमललाई विमानस्थलमा सँगै देखेपछि सुनिता आक्रोशित बनेको बताइएको थियो।

त्यसपछि गोविन्दाले पनि कसैको बदनाम नगर्न सुनितालाई आग्रह गरेका थिए।

यसैबीच व्यक्तिगत विवादका बीच गोविन्दा करिब सात वर्षपछि फिल्म ‘रुपा’मार्फत ठूलो पर्दामा फर्किँदैछन्। फिल्ममा कोमल पनि मुख्य भूमिकामा रहेकी छन् भने फिल्मका निर्माता गोविन्दा स्वयं हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

‘बुवा’ कवितामा पितृप्रेम र त्यागको मार्मिक अभिव्यक्ति

प्रज्ञा प्रतिष्ठानद्वारा डा. विमल र जनकवि दुर्गालालको स्मृतिमा ‘विमल/दुर्गा शब्दाञ्जली’

‘केटी देख्दा लाज लाग्थ्यो, माधुरी दीक्षित मन पर्थ्यो’

बा: एक योद्धा’को ट्रेलर सार्वजनिक, बुवाको त्याग र संघर्षको कथा

पाँच पाण्डव’को डबिङ सुरु, डल्बी एट्मस प्रविधिमा साउन्ड तयार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu