काठमाडौं । चलचित्र ‘बा: एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।
Originally published on abcnews.com.np.
काठमाडौं । चलचित्र ‘बा: एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।
ट्रेलरमा सन्तानको सुख र भविष्यका लागि बुवाले गर्ने संघर्ष, त्याग तथा बलिदानलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। साथै, पछिल्लो समय सन्तानले बुवाले गरेको त्याग र योगदान बिर्सँदै गएको यथार्थलाई पनि कथामा समेटिएको निर्माण पक्षले जनाएको छ।
ट्रेलरमा सन्तानको खुसीका लागि घरसमेत बेच्न तयार हुने बुबा र त्यसपछि उनले भोग्नुपर्ने दुःख तथा संघर्षलाई देखाइएको छ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले जीवनभर गर्ने त्याग र सामना गर्ने चुनौती चलचित्रको मुख्य कथावस्तु रहेको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारले अभिनय गरेका छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र भदौ १९ गते कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने भएको छ।
चलचित्रका कथा, पटकथा तथा संवादसमेत निर्देशक हरि लम्सालले लेखेका हुन्। नेपाली संगीत क्षेत्रमा समेत सक्रिय लम्साल चलचित्रका रचनाकार तथा गायक पनि हुन्।
चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सहनिर्माताको भूमिकामा छन्।
निर्माण पक्षले ‘बा: एक योद्धा’ नेपाली समाजको वास्तविक परिवेशमा आधारित रहेको र बुवाको त्याग तथा बलिदानप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्