ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको खुशी नै भारतको खुशी– भारतीय प्रधानमन्त्री


एबीसी न्यूज
२९ बैशाख २०७५, शनिबार   ४ : २६   बजे

काठमाडाैं, २९ वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत काँधमा काँध मिलाउन तयार रहेको बताउनुभएको छ ।

काठमाडौ महानरपालिकाले गरेको अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको अहिलेको अवस्था सगरमाथाको आधारशिविरमा पुगेको पर्वतारोही जस्तै भएको भन्दै अब शिखर आरोहण गर्न शेर्पाले पर्वतारोहीलाई पुर्याउने योगदान जस्तै भारत नेपालको विकासका लागि काँधमा काँध मिलाउन रहेको बताउनु भएको हो ।

‘तपाईहरु आफ्नै प्राथमिकता र आवश्यकता आफ्नै अनुसार तय गर्नुहोस र अघि बढ्नुहोस, मोदीले भन्नुभयो, भारत काँधमा काँध मिलाउन तयार छ ।’ यो म बढो जिम्मेवारीका साथ भनिरहेको छु, उहाँले थप्नुभयो, प्राथमिकता र आवश्यकता आपै तय गर्नुहोस, भारत सँधै नेपालका साथ काँधमा काँध मिलाएर चल्न तयार छ । नेपालको खुशी नै भारतको खुशी भएको पनि उहाँले बताउनुभयो ।

भूकम्पपछि देश र समाजको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै उहाँले अहिले नेपालमा संघीय, प्रदेश र स्थानीय तहमा लोकतान्त्रिक सरकार बनेको र तीनै तहका चुनाव एकै बर्षमा गरेकोमा नेपाललाई धन्यबाद दिनुभयो । उहाँले गोलीको बोलवाला रहेको अवस्थालाई छोडेर युद्धबाट बुद्धको यात्रामा अघि बढेको स्मरण गर्दै उहाँले अझे धेरै टाढा पुग्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

छिमेकी देशलाई सँधै प्राथमिकतामा राख्ने अवधारणालाई अघि बढाइरहेको बताउनुभएको छ । आफ्ना छिमेकी देशको सम्मृद्धि र उन्नतीमा भारतले सहयोग गर्ने र त्यस्तो सहयोग ती देशहरुकै आवश्यकता अनुसार हुने उहाँले बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध पुरानो, ऐतिहासिक र विशेष रहेको भन्दै त्यसलाई अझ प्रगाढ बनाउन चाहेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu