ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिदा स्वीकृत नगरिएको भन्दै संघको आपत्ति


admin
१ जेष्ठ २०७५, मंगलबार   ४ : ११   बजे

काठमाडौ, १ जेठ । त्रिभुवन विश्वविद्यालयबाट ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ’का सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ ।

हाल त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत बडबरियाको काजको विषय सामान्य भए पनि बढाइचढाई गरिएको संघको जिकिर छ । संघको कामका लागेका बेला सभापतिले काज बिदा माग्नुभएकामा लामो समयदेखि स्वीकृत हुन नसकेको छैन । प्रजातन्त्रको पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्राध्यापकमाथि केही शक्तिले मानमर्दन गर्न खोजिएको उहाँहरुले आरोप लगाउनुभएको छ ।

नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रामेश्वर उपाध्यायले त्रिवि कुलपतिको अस्वस्थताको कारण देखाई विश्वविद्यालयको सभाको बैठक स्थगन गर्नुले प्राज्ञिक गरिमा घटेको बताउनुभयो । गत वैशाख २३ मा तय भई स्थगित सभामा सभापति बडबरियाको काजको विषय पनि कार्यसूचीमा थियो ।

पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ तथा पापडजस्ता थुप्रै पेशागत संगठनको नेपालमा प्रजातन्त्र स्थापना गर्न प्रमुख भूमिका रहेको बताउँदै प्रजातन्त्र स्थापनापछिका दिनमा पनि ती निकायमाथि प्रहार हुनु शोभनीय होइन भन्नुभयो ।

त्रिविका पूर्वशिक्षाध्यक्ष डा राममान श्रेष्ठले एउटा संस्थाको अध्यक्षको काजको कुरा उठाउनु अशोभनीय हो भन्दै विश्वविद्यालयको ऐनमा नै काज लिन पाउने व्यवस्था प्रष्ट रुपमा रहेको र प्राध्यापकले पनि त्यसलाई आधार मानेर काज लिने गरेको जिकिर गर्नुभयो ।

सभापति बडबरियाले प्राज्ञिक गरिमाका लागि जीवनभर लडेका व्यक्ति आफूमा अवैध तरीकाबाट काज स्वीकृत गराई लाभ लिने मनशाय नभएको जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group