ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ४ मा कानून निर्माण प्रक्रियाले गति लिँदै


admin
२ जेष्ठ २०७५, बुधबार   ६ : ४४   बजे

पोखरा, २ जेठ ।  प्रदेश नं ४ मा कानून निर्माण प्रक्रियाले गति लिएको छ ।

प्रदेशमा हालसम्म सात वटा विधेयक पारित भई राजपत्रमा प्रकाशित भइसकेको र १५ वटा कानूनको मस्यौदालाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति प्रदान गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रदेशसभामा प्रस्तुत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, स्थानीयसभा सञ्चालनसम्बन्धी कार्यविधि विधेयक, प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयक र प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन पारित भइसकेका छन् ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्तुत प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयक र आर्थिक कार्यविधि ऐन प्रदेशसभाले पारित गरेको छ । उहाँका अनुसार कानून निर्माणकै सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बनाउन लागिएको स्थानीय तहका कानून निर्माण प्रक्रियासम्बन्धी विधेयक र मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवा शर्तसम्बन्धी विधेयकका लागि मस्यौदा सहमति प्रदान गरिएको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा तयार गर्न लागिएका प्रदेश सार्वजनिक खरिदसम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयक, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गर्न लागेको प्रादेशिक सहकारीसम्बन्धी विधेयक, प्रादेशिक दुग्ध विकास बोर्ड गठनसम्बन्धी विधेयक र प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी विधेयकका लागि मस्यौदा सहमति प्रदान गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट तयार गर्न लागिएको वन्यजन्तु उद्धार केन्द्रसम्बन्धी विधेयक, बर पिपल तथा चौतारो संरक्षणसम्बन्धी विधेयक, प्राणी उद्यान (चिडियाखाना)सम्बन्धी विधेयक र वातावरण संरक्षणसम्बन्धी विधेयकलाई मस्यौदा सहमति प्रदान गरिएको सचिव पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक विकास मन्त्रालयबाट तयार गर्न लागिएको प्रादेशिक सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)सम्बन्धी विधेयक, प्रादेशिक विश्वविद्यालयसम्बन्धी विधेयक र प्रादेशिक खोपसम्बन्धी विधेयकका लागि पनि मस्यौदा सहमति प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group