ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो धन्दा थियो अञ्जन केसी को, केसीसंगै प्रक्राउ पर्ने ६ जना को–को हुन ?


एबीसी न्यूज
१५ जेष्ठ २०७५, मंगलबार   १ : ४८   बजे


काठमाडौं, १५ जेठ । विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरि आज पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ३५ वर्षीय अञ्जन केसी, २७ वर्षीय गौरव तिवारी, ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, २७ वर्षीय दिनेश बोगटी,३६ वर्षीय विजय श्रेष्ठ, ३१ वर्षीय नरेन्द्र सुवाल रहेका छन्।

उनीहरूबाट आइफोन ८ थान र अन्य मोबाइल एक थान, ल्यापटप १ थान,गौरवबाट २ लाख, चेकबुक भिसा कार्ड लगायतका सामग्रीहरू बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।

यस्तो धन्दा थियो उनिहरुको

सुरू सुरूमा नागराज भनिने अमृत अग्रवालसँग मिलि गौरव तिवारीसँग अनलाइन बेटिङ (अनुमान गरेर लगाउने बाजी ) सञ्चालन गरेको थिए। काम गर्ने शिलशिलामा लेनदेनको विवादपछि गौरव आफैंले लण्डनबाट अकाउण्ट खोली अनलाइन बेटिङ सञ्चालन गरे। २४ वटा अकाउण्ट खोलेर अनलाइन बेटिङमार्फत् उनले सात करोड बराबरको कारोबार गरेको भेटिएको छ।

भुपेन्द्र कुँवरले गौरवसँग मिलि अनलाइन बेटिङ सञ्चालन गरेका थिए। हाल भारतमा भएको आइपिएल खेलमा ३ करोड २२ लाख ९७ हजार कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ।

अञ्जन केसीले भुपेन्द्रसँग मिलि विगत २ वर्षदेखि अनलाइन बेटिङ खेलाउँदै आएका थिए। भारतमा भएको आइपिएल खेलमा र युनियन अफ युरोपियन फुटबल एशोसिएशनमा २ करोड ७७ लाख पाँच हजार कारोबार भएको थियो। विजय श्रेष्ठले विगत १ वर्षदेखि भुपेन्द्रमार्फत खेल खेलाउँदै आएका थिए। त्यस अवधिमा १ करोडको कारोबार भएको थियो।

यस्तै, नरेन्द्र सुवालले १ वर्षदेखि विजयसँग मिलि खेल खेलाउँदै आएको थिए। जसमा ७७ लाख बराबरको कारोबार भएको थियो।
दिनेश बोगटी गौरवको सहयोगी बनि एजेण्टसमक्ष रकम लाने र एजेण्टबाट रकम लिने गर्ने गर्थे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

शौचालय जाने क्रममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु

छोराको हत्या भएको खबरपछि दाङमा आमाको मृत्यु

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

कालीमाटीमा आज अधिकांश तरकारीको भाउ स्थिर, केहीमा सामान्य घटबढ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu