ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा


admin
१६ जेष्ठ २०७५, बुधबार   ३ : २१   बजे

काठमाडौँ, १६ जेठ ।  सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ, यो फोहर फाल्ने ठाउँ हो ।

तर यो फोहर फाल्ने स्थान भने होइन । यो हो, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयबागेश्वरी अगाडिको ऐतिहासिक सुन्धारा । धरहरासँगैको सुन्धारा बन्नुभन्दा सयौँ वर्षअघि बनेको यो सम्पदाका बारेमा नयाँ पुस्तालाई थाहा नहुन सक्छ । पछिल्लो समय यसको संरक्षण हुन नसक्दा लोप हुने खतरा बढेको स्थानीयवासीको गुनासो छ ।

जयस्थिति मल्लको शासनकालमा बनेको जयबागेश्वरीको सुन्धारा चन्द्रशम्शेरले जीर्णोद्धार गरेको शिलालेख रहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।

“महाँकालचौरको पश्चिमी डाँडाबाट ल्याइएको यो धारामा विसं २०३५ सम्म पानी आउँथ्यो, शहरीकरण बढेसँगै बनेका घरले पाइप निकाले, पानी बन्द भयो, पानी बन्द भएपछि यसको महत्व पनि घट्दै गयो, ढुंगेधारा संरक्षण गर्नेतर्फ कसैको ध्यान गएन”, उहाँले भन्नुभयो ।

विसं २०४४ मा पशुपति क्षेत्र विकास कोषको स्थापना भएपछि एकपटक सफाइ गरिए पनि यसको संरक्षण हुन सकेको छैन । संरक्षणका लागि पानी झार्नुपर्छ । पानी झार्न धेरै सरकारी कार्यालयका बीच समन्वय हुनुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ डा टण्डन ।

महाँकालचौरबाट जयबागेश्वरीको ढुंगेधाराका लागि ल्याइएको पानी अहिले चावहिल चोकस्थित मेडिकेयर अस्पताल अगाडि झरिरहेको छ । प्राचीन सम्पदा जोगाउन पशुपति क्षेत्र विकास कोषलगायत निकायमा अनुरोध गरेको वर्षौं पुग्दा पनि पहल नभएको स्थानीय विजयगोपाल वैद्यको भनाइ छ ।

पुरातात्विक महत्वको यो स्थलमा देवीदेवताका मूर्तिसँगै फोहर पानी जमेको छ । फोहर पहिल्यै देखिने भएकाले सम्पदास्थल हो भन्ने नलाग्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group