ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रममन्त्री गोकर्णराज विष्ट किन गए जेनेभा ?


एबीसी न्यूज
१९ जेष्ठ २०७५, शनिबार   ८ : ५९   बजे

काठमाडौँ, १९ जेठ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलनमा मन्त्री विष्टले यही जेठ २१ गते सबै देश सहभागी हुने पूर्णसत्रलाई सम्बोधन गर्नुहुनेछ । सम्मेलनका क्रममा आयोजना हुने असंलग्न राष्ट्र र एशिया प्रशान्त समूहका मुलुकका छुट्टाछुट्टै मन्त्रिस्तरीय बैठकलाई जेठ २२ गते सम्बोधन गर्नुहुनेछ । सोही दिन उहाँले कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रको अध्यक्षको हैसियतले कोलम्बो प्रोशेस मुलुकका मन्त्री एवं अन्य सहभागीसँग अन्तक्र्रियासहितको दिवाभोज आयोजना गर्ने यसअघि नै त्यहाँ पुगिसक्नुभएका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपालले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा असल श्रम सम्बन्ध स्थापित गरी श्रमिक, हित र कल्याणको प्रत्याभूति गरी श्रमिकको उत्पादकत्व बढाउने विषयमा जोड दिने घिमिरेले बताउनुभयो । आन्तरिक रोजगारीका अवसर अभिवृद्र्धि, सम्बद्ध सरोकार भएकाहरुबीच समन्वयात्मक सहकार्य अभिवृद्धि र स्थानान्तरणका लागि विश्वव्यापी सम्झौतासम्बन्धी प्रक्रियालाई उचित निष्कर्षमा पु¥याई दिगो विकास लक्ष्य हासिल गर्ने विषयलाई नेपालले प्राथमिकतासाथ जोड दिनेछ ।

सम्मेलनका क्रममा नेपालका प्रमुख श्रम गन्तव्य मुलुकका मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक एवं उच्चस्तरीय पदाधिकारीसँग मन्त्री वा सचिवका स्तरमा छुट्टाछुट्टै भेटघाट तथा छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Irrigation Projects Key to Agricultural Growth, Minister Says

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu