ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुसा संरक्षण गरिने नेपालको यो मन्दिर, सांस्कृतिक महत्व यसको यस्तो


admin
२० जेष्ठ २०७५, आइतबार   ३ : ११   बजे

ललितपुर, २० जेठ  । घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कति पटक त कपडा नै च्यातिदिएर लाउन नमिल्ने भएको होला । धेरैले मुसा भगाउनका लागि अनेक उपाय पनि गरिरहेको हुनसक्छ ।

धेरैले मुसा भगाउनका लागि अनेक उपाय लगाइरहँदा कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्नेसुन्दा अनौठो लाग्न सक्छ । काठमाडौँ उपत्यकामा नै एउटा त्यस्तो मन्दिर छ जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ ।

पाटन दरबार क्षेत्र नजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ ।

मन्दिर बनेसँगै नै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वा बताउनुुहुन्छ । शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरेको हो । साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । उहाँ भन्नुहुन्छ, “मुसालाई पनि सात भाग छुटाइन्छ र उनीहरुले छुट्याएको भाग खाएर बस्छन् ।”

सबैभन्दा अनौठो कुरा त के छ भने यी मुसाले क्षति गर्दैनन् । धाख्व भन्नुहुन्छ, “मन्दिर परिसरको कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति भएको छैन ।”घरमा भएकाभन्दा यी मुसा फरक प्रकृतिका रहेको उहाँ बताउनुहुन्छ ।

मन्दिर परिसरमा मात्रै होइन यी मुसाले छिमेकमा समेत गएर त्यहाँ गएर दुःख दिएको पनि अहिलेसम्म थाहा छैन । पाका उमेरका मानिस पनि महाविहारका मुसा पहिलेदेखि अहिलेसम्म नै शान्त र ज्ञानी स्वभावको भएको यहाँका बासिन्दा बताउँछन् ।

स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुन जस्तै वर्णको र हिरा जस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो ।

लिच्छवि राजा भाष्करदेवका पालामा आजु चक्रेश्वर दैनिक गुह्येश्वरीको दर्शनका लागि जान्थे । जाडोका बेला एक दिन उनी बाटो बिराएर भग्नावशेष भएको पिंगला विहार पुगे । त्यहाँे एउटा चैत्य देखेपछि उनी दैनिक त्यहाँ जान थाले ।

आजुले एक दिन सपनामा त्यस ठाउँमा भगवान् बुद्धले आफ्ना मूर्तिहरु पुरिएको र त्यसलाई प्रतिस्थापना गर्दा पुण्य मिल्ने थाहा पाए । राजा भाष्करदेवलाई उनले यो कुरा सुनाए । राजाले मूर्ति भएको स्थान उत्खनन गरेर शङ्खमूलबाट पाटन भित्र्याए तर मन्दिर नबनिरहँदासम्म त्यसलाई तत्काल न्याः चुकमा राख्ने र आजुले दैनिक पूजा गर्ने कुरा बताए । त्यसपछि राजाले नयाँ विहार (न्याः बहा) बनाएर उक्त मूर्र्ति त्यहाँ सारेका थिए ।

एकदिन राजालाई भगवान् बुद्धले सपनामा आफूलाई नयाँ विहार भन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले राजाले यस विषयमा ज्योतिषसँग सल्लाह गरे । ज्योतिषहरुले सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा स्वयम्भू रत्न चैत्यको पश्चिम दिशामा रहेको प्रमाणित गरे । सोहीअनुसार यस ठाउँमा हिरण्यवर्ण महाविहार बनाइएको हो ।

राजा भाष्करदेवले नेपाल संवत् १६५ देखि १६७ सम्म दुई वर्ष लगाएर मन्दिर बनाएको इतिहासमा उल्लेख छ ।

पाँच हजार सर्वसङ्घ सदस्य रहेको यो महाविहार नेपालको सबैभन्दा बढी सदस्य भएको महाविहार हो । मन्दिरमा एकजना पाका व्यक्ति र एकजना बालक गरेर दुईजना पुजारी रहन्छन् । जसमध्ये बालक मुख्य र पाका व्यक्ति सहायक पुजारी हुन् ।

मन्दिर परिसरमा धेरै मुसा छन् तर यति संख्यामा छन् भन्ने यकिन भने छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group