ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराज विमानस्थलबाट नियमित उडान भर्ने


bhawani desk
८ असार २०७५, शुक्रबार   १२ : ३४   बजे

राजविराज, ८ असार । राजविराज विमानस्थलबाट आगामी असार १० गतेदेखि श्री एयरलाइन्सको जहाज नियमित उडान भर्ने भएको छ ।

कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराज विमानस्थलबाट साताको पाँचदिन उडान भर्ने छ । पच्चीस मिनेटको समयावधि रहने यो फ्लाइटको सस्तो भाडादर न्यूनतम रु तीन हजार ५०० र अधिकतम रु छ हजार २०० तोकिएको छ । मंगलबार र शनिबार कम यात्रु हुने भएकाले त्यो दुई दिन उडान नभर्ने प्रवक्ता मानन्धरले बताउनुभयो ।

पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० श्री एयरलाइन्सको जहाजले काठमाडौँदेखि राजविराज उडान भर्ने बताउँदै उहाँले यो उडान शुरुभए पछि पशुपति दर्शन तथा काठमाडौँ जाने स्वदेशी तथा भारतीय तीर्थयात्रुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

राजविराज विमानस्थल रु ३० करोड ३० लाखको लागतमा निर्माण भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उहाँका अनुसार विमानस्थलको टर्मिनल भवन र टावर निर्माणको कार्य बजेट निर्धारण भएपछि आगामी आर्थिक वर्षदेखि शुरु गरिनेछ ।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा शुरु हुने बताउनुभएको थियो ।

तर आवश्यक तयारीका कारण हवाई सेवा सञ्चालनमा ढिलाइ भएको विमान कम्पनीले जनाएको छ ।

उडानका लागि आवश्यक पूर्वाधारसहित अन्य तयारी हुन नसकेका कारण असार १ गतेभित्रै नियमित विमान सेवा सञ्चालनमा आउन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार उडानका लागि आवश्यक पर्ने पूर्वाधार र कर्मचारी परिचालन गरिसकिएको बताउनुभयो ।

असार १० गतेभन्दा अगाडि नै सम्पूर्ण कार्य पूरा गरेर नियमित विमान सेवा सञ्चालन गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत ज्योतिप्रसाद साहले बताउनुभयो ।

शुरुमा शनिबार र मंगलबारबाहेक साताको पाँच दिन नियमित विमान सेवा सञ्चालन गर्ने गरी सबै कार्य पूरा भइसकेको श्री एयरलाइन्स राजविराज शाखाका प्रबन्धक सुरेश मल्लिकले जानकारी दिनुभयो ।

उहाँले काठमाडौँबाट ५० सिटको जेट विमान एक बजेर १५ मिनेटमा राजविराजका लागि उड्न भर्ने तथा राजविराजबाट दुई बजेर १० मिनेटमा काठमाडौँका लागि उड्न भर्ने समय तोकिएको बताउनुभयो ।

सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group